काठमाडौं– ब्राजिलले विश्वकपकाे प्रिक्वाटर फाइनलमा दक्षिण काेरियाविरुद्ध पहिलाे हाफकाे १२ मिनेटभित्रै २ गाेलकाे अग्रता बनाएकाे छ।
दाेस्राे गाेल नेइमारले पेनाल्टीमार्फत गरे। रिचार्लिसनलाई काेरियाली डिफेन्डरले राम्राेसँग डिबक्समा राेक्न नसक्दा ब्राजिलले पेनाल्टीकाे अवसर पाएकाे थियाे।
विश्वकपकाे नकआउट चरणमा १३ मिनेटभित्र ब्राजिलले दुई गाेल गरेकाे याे दाेस्राे अवसर हाे। सन् २००२ मा काेस्टारिकाविरुद्ध पनि १३ मिनेटभित्र २ गाेल भएकाे थियाे।
ब्राजिलका लागि पहिलाे गाेल भिनिसियस जुनियरले ७ मिनेटमा गरेका थिए। उनले राफिन्हाकाे क्रस पासमा डिबक्सभित्रबाट गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।