काठमाडौं– जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
भर्खरै सम्पन्न प्रि–क्वार्टरफाइनल खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले जापानी खेलाडीका तीनवटा प्रहार बचाउँदै आफ्नो टोलीको जित सुनिश्चित गरेका हुन्।
यसअघि, निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि थप ३० मिनेटमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।
दाइजेन माइडाले ४३ औँ मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाएका हुन्।
तर, क्रिएसियाले बराबरी गोल फर्काएको थियो। इभा पेरिसिचलेले ५५ औँ मिनेटमा बराबरी गोल फर्काएका हुन्।
अब क्रोएसियाले ब्राजिल र दक्षिण कोरियाबीचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।