काठमाडौं– विश्वकप फुटबलअन्तर्गत अहिले जापान र क्रोएसियाबीच प्रि–क्वार्टरफाइनल खेल भइरहेको छ।
यसैबीच, निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएको छ।
यसअघि जापानले अग्रता लिएको थियो। दाइजेन माइडाले ४३ औँ मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाएका हुन्।
तर, क्रिएसियाले बराबरी गोल फर्काएको थियो। इभान पेरिसिचलेले ५५ औँ मिनेटमा बराबरी गोल फर्काएका हुन्।
त्यसपछि थप गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।