• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

जब इंग्ल्याण्ड संकटमा फस्न लागेको बेला बेलिङ्घम चम्किए

64x64
नेपाल लाइभ सोमबार, मंसिर १९, २०७९  १५:५७
1140x725

दोहा– सेनगलविरुद्धको खेलमा ‘प्लेयर अफ दी म्याच’ भएका इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई सोधियो, ‘यदि तपाईंले यो अवार्ड अरु खेलाडीलाई दिन चाहनुभयो भने कसलाई दिनुहुन्छ?’

केनले जवाफ फर्काए, ‘जेड (जेड बेलिङ्घम) फेन्टास्टिक खेलाडी छन्। उनी मैदानको जुनसुकै कुनामा पनि पुगिरहेका हुन्छन्।  फिल (फिल फोडेन) त्यस्तै महान् छन्। गोलका लागि राम्रो अवसर सिर्जना गर्छन् । सायद, यी दुईमध्ये एउटा छान्थेँ।’

कप्तान केनले चर्चा गरेकामध्ये जेड बेलिङ्घम १९ वर्षका उदीयमा खेलाडी हुन्। पहिलोपटक विश्वकपमै अहिले बेलिङ्घम कतारमा चम्किरहेका छन्।

जर्मन क्लब बोरुसिया डर्टमुन्डको मिडफिल्डको ‘मियो’ बनेर चम्किरहेका बेलिङ्घम अहिले कतार विश्वकपमा पनि त्यसैगरी उदाइरहेका छन्।

कप्तानले केनले दुईजना जसको नाम लिएका थिए, उनै फिल फोडेनले समेत बेलिङ्घमको नाम लिँदै भनेका छन्, ‘बेलिङ्घम संसारकै उत्कृष्ट मिडफिल्डर बन्नेछन्।’

सेनेगलविरुद्धको खेलमा लोभलाग्दो प्रदर्शन गरेपछि बेलिङ्घमको भविष्यलाई लिएर निकै ‘बोल्ड प्रेडिक्सन’ फोडेनले गरेका हुन्। 

‘म उसलाई धेरै उक्साउन चाहन्न। किनकि, उ धेरै जवान छ। तर, उ मैले देखेको सबैभन्दा प्रतिभाशाली खेलाडीमध्ये एक हो’, फोडेनले भने, ‘उसको खेलमा कुनै कमजोरी देखिँदैन। मलाई लाग्छ उ संसारकै उत्कृष्ट मिडफिल्डर हुनेछ।’

बेलिङ्घमको लोभलाग्दो उत्कृष्ट प्रदर्शनमा अफ्रिकन कप अफ नेसन्स च्याम्पियन टोली सेनेगलमाथि इंग्ल्याण्डले ३–० को जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेको छ।

Ncell 2
Ncell 2

जम्माजम्मी १९ वर्ष १५८ दिन उमेरका उनी इंग्ल्याण्डका लागि विश्वकपमा असिस्ट गर्ने सबैभन्दा कान्छा खेलाडीसमेत बनेका छन्। 

पहिलो हाफमा मिडफिल्डर बेलिङ्घमले खेल आफ्नो पकडमा राखे। उनले सबैभन्दा धेरै ८ ट्याकल गरेका थिए।

फाइनल थर्ड (सिक्स–सिक्स पास)मा उनको शतप्रतिशत पास एक्युरेसी थियो। समग्रमा भने बेलिङ्घमको ९६ प्रतिशत पास एक्युरेसी थियो। पहिलो गोलका लागि उनैले जोर्डन हेन्डरसनलाई पास मिलाएका थिए। 

पहिलो हाफमको खेल सकिएपछि बीबीसी रेडियोसँग कुरा गर्दै इंग्ल्याण्डका पूर्वडिफेन्डर मिच रिकार्डले भनेका थिए, ‘बेलिङ्घमको प्रदर्शन अविश्वसनीय छ। जब खेलमा सेनेगलले इंग्ल्याण्डलाई समस्या निम्त्याउँदै थियो। त्यतिबेला इंग्ल्याण्डलाई लयमा फर्कन कसैको आवश्यकता थियो। बेलिङ्घमले त्यो पूरा गरे। रक्षापंक्ति, पासिङ र आक्रमण सबैतिर उनी पुगे। इंग्ल्याण्ड लयमा फर्कियो।’

खेलको १५ मिनेट बाँकी छँदा बेलिङ्घम अन्य खेलाडीद्वारा स्थानन्तरण गरिए। उनले सबैभन्दा बढी ४ ड्रिब्लिङ, खेलकै सबैभन्दा बढी ४ पटक ‘ट्याकल्स एटेम्पट’ गरे।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार
शेरबहादुर देउवाले चुनाव नलड्ने
आज देशभर उम्मेदवारी दर्ता हुँदै, यी कागजात अनिवार्य
सम्बन्धित सामग्री
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शेरबहादुर देउवाले चुनाव नलड्ने मंगलबार, माघ ६, २०८२
आज देशभर उम्मेदवारी दर्ता हुँदै, यी कागजात अनिवार्य मंगलबार, माघ ६, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ ६, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्