एजेन्सी– ब्राजिलको राष्ट्रिय फुटबल टोली सहायक प्रशिक्षक सेजर साम्पियोले आम मानिसलाई ब्राजिलका ‘महान’ फुटबलर पेलेको स्वास्थ्यलाभको कामन गर्न आग्रह गरेका छन्। उनले पेलेको स्वाथ्य सुधारको कामना गर्दै प्रार्थना गर्न आग्रह गरेका हुन्।
तीन पटकको विश्वकप विजेता ८२ वर्षीय पेले एक हप्तादेखि अस्पतालमा उपचाररत छन्। ब्राजिलको साउ पाउलो पत्रिकाले पेले जीवनको अन्तिम क्षणसँग जुधिरहेको रिपोर्ट सार्वजनिक गरेको थियो। त्यसपछि साम्पियोले आम मानिसलाई उनको स्वास्थ्य लाभको कामना गर्दै प्रार्थना गर्न आग्रह गरेका हुन्।
कतारमा जारी विश्वकपमा सम्बोधन गर्दै साम्पियोले भनेका छन्, ‘तपाईंको धर्म जुनसुकै भएपनि हामी तपाईंलाई पेलेको स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गर्न आग्रह गर्छौ।’
पेलेको क्लब सान्तोषमा खेलेको स्मरण्म गर्दै साम्पियोले बताउँदै भने, ‘उनी एक महान खेलाडी हुन्। जसले मलाई खेलाडीको रुपमा मात्र नभइ एक मानवको रुपमा पनि प्रभाव पारेका छन्।’
सन् २०२१ को सेप्टेम्बरदेखि उनी नियमित उपचाररत छन्। गत बिहीबारदेखि उनी नियमति चेकजाँचअन्तर्गत इजरायलिटी अल्बर्ट आइन्स्टाइन अस्पतालमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।