काठमाडौं– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेल हुँदैछन्।
पहिलो खेल राति ८:४५ बजे जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। यी दुईबीचको खेल अल जानुब रंगशालामा हुनेछ। जापान समूह ‘ई’ बाट विजेता बन्दै र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।
यस्तै राति १२M४५ बजे स्टेडियम ९७४ मा दोस्रो खेल ब्राजिल र दक्षिण कोरियाबीच हुँदैछ। दुवै टिममध्ये जित निकाल्ने टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।
ब्राजिल समूह 'जी' को विजेता र दक्षिण कोरिया समूह 'एच' को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।