• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

स्वस्थ रहन यस्तो खानपान

64x64
नेपाल लाइभ बुधबार, साउन २३, २०७५  ००:३३
1140x725

खानपान र हाम्रो स्वास्थ्यबीच निकै नजिकको साइनो छ। शरीर सञ्चालन गर्न खाइने यही खानेकुराले हामीलाई पोषण दिन्छ भने कहिलेकाहीँ बिरामी पनि बनाउँछ।

हाम्रो स्वादे जिब्रोले चट्याकचुटुक र मसालेदार खानेकुरा खाने जीवनशैली जब बनाउँछ, समस्या त्यहीँबाट सुरु हुन्छ।

हाम्रो समाजमा मासुलाई मिष्ठान्न र विशेष परिकार मानिन्छ। चाडबाड, खुसियाली र भोजभतेरमा एकैचोटि वा एकै दिनमा धेरै मासु खाने चलन सर्वत्र देखिन्छ। अरु बेला भने थोरै तरकारी र दालसँग धेरै भात खाने गरिन्छ। यो बानी स्वास्थ्यका लागि प्रत्युत्पादक हुन्छ। हामीले यो बुझ्नुपर्छ, एकैचोटि धेरै मासु खाए शरीरले सही उपयोग गर्न सक्दैन।

चिल्लो बढी पाइने रातो मासु (खसी, बोका, राँगा, बंगुर आदि) सँग अन्न (कार्बोहाइड्रेट) धेरै खाए शरीरमा धेरै बोसो जम्मा हुन्छ। त्यसैले तौल नियन्त्रण गर्न चाहनेले अन्न र चिल्लोको मात्रा नघटाई सुख छैन। रातो मासु नखाए पनि कोलेस्ट्रोल, ट्रिगलिसेरेड्स आदि बढेका र मोटोपन भएकालाई धेरै घिउ-तेल सेवनले अवश्य फाइदा गर्दैन। त्यसैले साकाहारी हुँदैमा स्वस्थ खाना खाइयो भन्नेमा ढुक्क हुनु हुँदैन।

साकाहारी हो भने भातको अनुपातमा धेरै तरकारी, सलाद र उपयुक्त मात्रामा दाल, गेडागुडी आदि खानु सन्तुलित आहार मानिन्छ। मांसाहारीले पनि धेरै तरकारी र सलादसँग थोरै मासुसहित ठिक्क मात्रामा भात वा अन्य अनाज खाँदा उपयुक्त हुन्छ।

बढी मासु खानु स्वास्थ्यका लागि उपयुक्त हुँदैन भन्नुको अर्थ बढी प्रोटिन हाम्रो शरीरले पचाउँदैन। त्यसमा पनि उमेर पाको हुँदै जाँदा मिर्गौलाको छान्ने क्षमता कमजोर हुन थाल्छ। ६० वर्ष नाघेपछि माछा, मासुका साथै दाल, गेडागुडी जस्ता प्रोटिनजन्य चिजबिज बढी मात्रामा खाँदा मिर्गौलालाई बोझ हुन्छ। स्मरण रहोस्, मासु हरेक दिन शरीरले चाहिने जति लिएर बाँकी मिर्गौलाबाट मूत्रसँगै बाहिर फ्याँकिन्छ।

त्यस्तै, रगतमा युरिक एसिड बढी भएका र कलेजोका रोगीहरुले पनि धेरै मासु खानु हानिकारक मानिन्छ। मिर्गौलाका दीर्घरोगीहरु (डायलाइलिस गरिरहेका बिरामी बाहेक) प्रोटिन मात्र नभई फोस्फोरस र पोटासियमजन्य खाद्य सेवनमा पनि नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु सुझाव दिन्छन्।

अण्डाको सेतो भागलाई उच्च गुणस्तरको प्रोटिन मानिन्छ। किनकि अण्डामा शरीरको लागि आवश्यक ४१ किसिमका एमिनोएसिड पाइन्छ। त्यसैले व्यायाम गर्नेलाई पनि अण्डा खाने सल्लाह दिइन्छ। तरकारी, गहुँ र चामलमा थोरै अनुपातमा भए पनि प्रोटिन पाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्वस्थ युवाले दिनमा करिब ० दशमलब ८ ग्राम प्रतिकिलो (व्यक्तिको वजन) का दरले मासु खाने सल्लाह दिइन्छ। तर, शारीरिक परिश्रम गर्ने व्यक्तिले १ ग्रामदेखि १ दशमलब ५ ग्राम (प्रतिकिलो) सम्म खानु आवश्यक हुने विज्ञहरुको मान्यता छ। यद्यपि यसमा सबै डाक्टर एकमत भने छैनन्।

मासु सेवनले क्यान्सरको जोखिम समेत बढाउँछ। रातो र प्रोसेस्ड मासुले ठूलो आन्द्राको क्यान्सर गराउँछ भन्ने तथ्य त प्रमाणित नै भइसकेको छ। तर, सबै मासुले क्यान्सर गराउन मद्दत गराउँछ भन्ने कुरामा भने चिकित्सा विज्ञान सहमत हुन सक्दैन।

पोलेर खाएको मासुले मात्र होइन, पकाएर राखेको बासी तरकारी (खासगरी हरिया तरकारी) खाँदा पनि क्यान्सर गराउन सहयोग गर्छ। चीनको च्यांसु प्रान्तमा केही वर्षअघि युवा वैज्ञानिकहरुले गरेको अनुसन्धानले बिहान पकाएको मासु साँझ (६ घन्टाको अन्तरमा) खाँदा फरक नपर्ने पाइयो। तर, साँझ पकाएको तरकारी वा मासु फ्रिजमै राखे पनि भोलिपल्ट त्यसमा अत्यधिक मात्रामा नाइट्रेटजन्य रसायन भेटिएकाले त्यसरी नियमित सेवन गरेमा क्यान्सर कोशिकाको निर्माणमा सहायता गर्ने देखियो।

पश्चिमा मुलुकहरुमा सन् १९८० भन्दा अगाडिको दशकमा मासु चिस्याउने प्रविधि नहुँदा धेरैमा पेटको क्यान्सर पाइन्थ्यो। तर, विगत तीन दशकको तथ्यांक हेर्दा त्यहाँ पेटको क्यान्सरका रोगीको अनुपात घटेको देखिन्छ। तर, ठूलो आन्द्राका बिरामीको अनुपात भने बढिरहेको छ।

उता पूर्वी एसियाली मुलुकमा (विशेषगरी जापान, कोरिया र उत्तरी चीनमा) पेटको क्यान्सरका बिरामी सबैभन्दा ठूला संख्यामा भेटिन्छन्। यो सबै खानपानको संस्कृतिले निम्त्याएको अनुसन्धानकर्ताहरु उल्लेख गर्छन्। पकाउने विधि, स्वादको लागि राखिने नाइट्रेटजन्य पदार्थ, तरकारीको कम सेवन आदिले ती ठाउँमा क्यान्सरका रोगीहरु बढी देखिएको हो।

स्वच्छ तरकारी र फलफूलको सेवनबाट एन्टिअक्सिडेन्ट र भिटामिन सी पाउन सकिन्छ, जसले क्यान्सर हुनबाट जोगिन मद्दत गर्छ। हामी नेपालीको हकमा केही वर्षअघि गरिएको एउटा अध्ययनमा पेटको क्यान्सरको अनुपात जापानभन्दा धेरै कम देखिन आयो।

हामीकहाँ धेरै मानिसमा आइरनयुक्त खानाको कमीले रक्तअल्पता बढी पाइन्छ। शरीरको लागि अत्यावश्यक आइरनले रक्तकोशिकामा हेमोग्लोबिनको उत्पादन गर्ने काम गर्छ। हेमोग्लोबिनले फोक्सोबाट शोषित अक्सिजनलाई रक्तप्रणालीमार्फत शरीरका तन्तु र कोषिकाहरुमा पुर्‍याउने काम गर्छ।

शरीरको लागि चाहिने आइरन खानेकुराबाट लिन सकिन्छ। जस्तै: विभिन्न प्रकारका माछा-मासु, तोफु, गेडागुडी, फर्सीको बियाँ, सुख्खा बदाम, ओखर, मधेसी बदाम, सूर्यमुखी फूलको बियाँ, किसमिस, आलु, ब्रोकाउली, सागपात, पास्ता, खैरो चामल आदि। तर, माछा-मासुबाट पाइने हेम आइरनको उपयोग शरीरले सजिलै उपयोग गरेर हेमोग्लोबिन बनाउन सक्छ भने साकाहारी खानाबाट पाइने नन-हेम आइरनबाट हेमोग्लोबिन बनाउन खासै सक्दैन। मासु र अन्य आइरनजन्य तरकारी, दाल आदि मिलाएर खाएमा शरीरमा आइरनको कमी हुन पाउँदैन।

शरीरमा आइरनको आपूर्ति राम्ररी गराउन खाना खाने समयभन्दा अघिपछि चिया, कफी, उच्च क्याल्सियमयुक्त खाना वा पेय पदार्थको सेवन पनि हानिकारक हुन्छ। त्यसले अन्य खानेकुराको आइरन शरीरले सोस्न बाधा गर्छ। भिटान सीजन्य तरकारीले भने आइरन उपयोग गर्न मद्दत गर्छन्।

अन्त्यमा,

माछा र चिल्लोरहित मासुले वास्तवमा शरीरको तौल घटाउन मद्दत गर्छ। तर, मासुसँगै अन्न कति खाइन्छ त्यसमा भर पर्छ। दिनभरि कुर्सीमा बसेर काम गर्ने र चिल्लो तरिकाले पकाएको मासु खानेहरुले अत्यधिक शारीरिक श्रम गर्ने किसानले खाएजति भात खाएमा मोटोपन, कोलेस्ट्रोल, डाइबिटिज आदि भएकालाई पक्कै असर गर्छ। चिल्लोरहित मासु (कुखुराको मासु र माछा) उपयुक्त तरिकाले पकाएर खाएमा मोटोपन, कोलेस्ट्रोल, हृदय रोग, क्यान्सर केही नहुने अनुसन्धानले नै देखाएको छ।

विभिन्न किसिमका माछाको तेलले ओमेगा ३ बाट हृदयघात र अन्य रोगहरु (इन्सुलिन रेजिस्टेन्स अर्थात् डाइबिटिज हुनुभन्दा अघिको अवस्था आदि) बाट बचाउने अनि दिमाग र आँखाको ज्योति तेज बनाउन सघाउने तथ्य विभिन्न अनुसन्धानबाट साबित भएको छ। तर, मर्करी भएको समुद्री माछाले भने स्वास्थ्यलाई हानि गर्छ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०७५  ००:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद्
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्