काठमाडौं– मंगलबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैया घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७७५ रुपैयाँमा कायम भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।