काठमाडौं– फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपमा अर्जेन्टिना महान खेलाडी डिएगाे म्याराडाेना र पाेर्चुगलका स्ट्राइकर क्रिस्टियानाे राेनाल्डाेले गरेकाे गाेलकाे कीर्तिमानलाई उछिनेका छन्।
उनी अर्जेन्टिनाका अर्का सुपरस्टार लिओनल मेसीले विश्वकपमा गरेकाे गाेलकाे बराबरीमा पुगेका छन्।
एमबाप्पेले आइतबार राती भएकाे पहिलाे खेलमा पाेल्याण्डविरुद्ध २ गाेल गर्दै आफ्नाे टाेलीलाई ३–१ अन्तरले क्वाटर फाइनल पुर्याए।
उनकाे दुई वटा विश्वकपमा याे नवाैं गाेल थियाे। पाँच वटा विश्वकप खेलिरहेका मेसीले पनि विश्वकपमा ९ गाेल गरेका छन्।
म्याराडाेना र राेनाल्डाेकाे नाममा विश्वकपमा ८ गाेल गर्ने कीर्तिमान छ। राेनाल्डाे कतार विश्वकपमा सहभागी छन्।
कतारमा जारी विश्वकपमा एमबाप्पेले पाँच गाेल गरिसकेका छन्। उनी गाेल्डेन बुटकाे सूचीमा अगाडि छन्। उनीसँगै पछि परेका मेसीले ३ गाेल गरेका छन्। राेनाल्डाेले एक मात्र गाेल गर्न सफल भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।