काठमाडौं– अफ्रिकी च्याम्पियन सेनेगललाई ३–० गाेलले पराजित गर्दै इंग्ल्याण्ड कतारमा जारी विश्वकपकाे क्वाटर फाइनल प्रवेश गरेकाे छ।
आइतबार राती सम्पन्न खेलमा पहिले आक्रामक देखिएकाे सेनेगल पहिलाे हाफकाे अन्त्यतिर १० मिनेटकाे अन्तरमा दुई गाेल खाएपछि स्तब्ध बन्याे। तेस्राे गाेल दाेस्राे हाफमा सम्भव भयाे।
खेलकाे ३१ मिनेटमा सेनेगलका स्ट्राइकर देइले गाेलकाे राम्राे अवसर पाएका थिए। तर उनकाे प्रहारलाई इंग्लिस गाेलरक्षक जाेर्डन पिकफर्डले हातले राेके।
इंग्ल्याण्डका लागि पहिलाे गाेल जाेर्डन हेन्डरसनले गरे। उनले ३८ मिनेटमा जुड बेलिङ्घमले डिबक्सभित्र निकालेकाे पासलाई गाेलमा परिणत गर्दै पहिलाे अग्रता दिलाएका थिए।
इंग्ल्याण्डसँग पहिलाे हाफमा पछाडि परेपछि खेलमा फर्किने तयारी गरिरहेकाे सेनेगलविरुद्ध ४८ मिनेटमा कप्तान ह्यारी केनले दाेस्राे गाेल थपे। उनकाे यसपालिकाे विश्वकपमा पहिलाे गाेल थियाे भने दुई विश्वकपमा गरेर साताै गाेल।
उनलाई गाेलका लागि फिल फाेडेनले बल मिलाएका थिए। इंग्ल्याण्डले दाेस्राे हाफकाे खेल सुरु भएकाे १२ मिनेटमै तेस्राे गाेल थप्याे। इंग्लिस टाेलीका लागि बुकाया साकाले ५७ मिनेटमा गाेल गरे।
सेनेगलका खेलाडीहरु गाेल फर्काउने प्रयासमा रहेकाे बेला फाेडेनकाे पासमा बुकायाले सुन्दर गाेल गरेका थिए। यसपछि ३८ मिनेटकाे खेलमा कुनै गाेल भएन। बुकायाकाे जारी विश्वकपमा तेस्राे गाेल थियाे।
इंग्ल्याण्डकाे अब क्वाटर फाइनल भिड्न्त डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग हुनेछ। फ्रान्सले आइतबार राती भएकाे अर्काे खेलमा पाेल्याण्डलाई ३–१ गाेलले पराजित गरेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।