काठमाडौं– बुकायाे साकाले ५७ मिनेटमा सेनेगलविरुद्ध तेस्राे गाेलकाे अग्रता दिलाएका छन्।
अफ्रिकी डिफेन्डरकाे गल्तीकाे फाइदा उठाउदै आर्सनलका यी युवा स्ट्राइकरले गाेल गरे। उनलाई गाेलका लागि डिबक्सभित्र फाेडेनले बल मिलाइदिएका थिए।
यसअघि इंग्ल्याण्डले पहिलाे हाफमा २ गाेलकाे अग्रता लिएकाे थियाे। ३८ मिनेटमा जाेर्डन हेन्डर्सन र ४८ मिनेटमा कप्तान ह्यारी केनले गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।