काठमाडौं– इंग्ल्याण्डका कप्तान ह्यारी केन लगातार दुई विश्वकपमा गाेल गर्ने स्टिभन जेरार्डपछि दाेस्राे खेलाडी बनेका छन्। उनले सेनेगलविरुद्ध कतार विश्वकपकाे प्रिक्वाटर फाइनलकाे पहिलाे हाफमा देशका लागि दाेस्राे गाेल गरे।
जेरार्डले सन् २००६ र २०१० काे विश्वकपमा गाेल गरेका थिए।
केन विश्वकपमा सर्वाधिक गाेल गर्ने आफ्ना अग्रज ग्यारी लिनेकरभन्दा तीन गाेलले पछाडि छन्। लिनेकरले विश्वकपमा १० गाेल गरेका छन्। केनकाे विश्वकपमा ७ गाेल पुरा भएकाे छ।
उनले गत विश्वकपमा ६ गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।