काठमाडौं– अफ्रिकन च्याम्पियन सेनेगलविरुद्ध प्रिक्वाटर फाइनलकाे पहिलाे हाफकाे खेलमा इंग्ल्याण्डले दुई गाेलकाे अग्रता लिएकाे छ।
इंग्ल्याण्डका लागि जाेर्डन हेन्डरसनले ३८ मिनेट र कप्तान ह्यारी केनले निर्धारित ४५ मिनेटपछि थप गरिएकाे तेस्राे मिनेटमा गाेल गरेका थिए।
सेनेगलका खेलाडीहरु बराबरी गाेलका लागि आक्रामक भएकाे बेला केनले अर्काे गाेल थपे। उनलाई गाेलका लागि फाेडेनले बल मिलाइदिएका थिए। उनकाे कतारमा पहिलाे गाेल हाे।
यसअघि हेन्डरसनले जुड बेलिङ्घमकाे पासमा गाेल गरे। सेनेगलले १० मिनेटभित्र दुई गाेल खाएकाे थियाे।
यसअघि सेनेगलले इंग्लिस गाेल पाेस्टमा आक्रामककाे धारलाई तिब्र बनाएकाे थियाे । तर गाेलकिपर पिकफाेडले इंग्लिस गाेलपाेस्टकाे रक्षा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।