काठमाडौं– फ्रान्स स्टार केलियन एमबाप्पेले गोल्डेन बुटको दौडमा सबै खेलाडीलाई पछाडि छोडेका छन्। उनले पोल्याण्डविरूद्ध प्रिक्वाटर फाइनलमा फ्रान्सलाई ३–१ गोलले जिताउन दुई महत्वपूर्ण गोल गरे। उनले ७४ र ९१ मिनेटमा गोल गरेका थिए।
जारी विश्वकपमा यो उनको पाँचौं गोल हो। गोल्डेन बुटको दौडमा यसअघि ३ गोल गर्दै एमबाप्पेसँगै अर्जेन्टिनाका लिओनल मेसी, नेदरल्याण्ड्सका केडी गाक्पो, स्पेनका अल्भारो मोराटा र इंग्ल्याण्डका मार्कुस रासफोर्ड थिए। तर, पोल्याण्डविरूद्धको खेलपछि एमबाप्पे धेरै अगाडि बढेका छन्।
चार वर्षअघि फ्रान्सले विश्वकप जित्दा ४ गोल गरेका एमबाप्पे उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए। उनको २ वटा विश्वकप गरेर ९ गोल पुरा भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।