काठमाडौं– फ्रान्स स्टार केलियन एमबाप्पे जारी विश्वकपमा निकै प्रभावशाली देखिएका छन्।
गोल्डेन बुटको दावेदार मानिएका एमबाप्पेले पहिलो हाफको ४४ मिनेटमा मिलाएको पासमा ओलिभर जिरुडले गोल गरेका थिए।
एमबाप्पेले राष्ट्रिय टोलीबाट खेलेको पछिल्लो १४ खेलमा उनी २१ गोलमा प्रत्यक्ष संलग्न रहेका छन्। यस अवधिमा उनले १४ गोल गरेका छन् भने ७ वटा गोलका लागि अवसर जुराएका छन्।
गत विश्वकपमा ४ गोल गरेको एमबाप्पे उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए। उनले ४ गोल गरेका थिए। कतारमा जारी विश्वकपमा उनले ३ गोल गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।