काठमाडौं– ओलिभर जिरुडले ४४ मिनेटमा गरेकाे गाेलका कारण डिफेन्डिङ च्याम्पियन फ्रान्सलाईले पाेल्याण्डविरुद्ध आइतबार राती भइरहेकाे प्रि–क्वाटर फाइनलकाे पहिलाे हाफमा एक गाेलकाे अग्रता बनाएकाे छ।
स्टार खेलाडीले भरिएकाे फ्रान्सका लागि जिरुडले केलियन एमबाप्पेकाे पासमा गाेल गरेका थिए। डिबक्स बाहिरबाट निकालेकाे थ्रु बलमा जिरुडले गाेल गरे।
याे गाेलसँगै जिरुडले आफ्नाे देशका लागि सर्वाधिक गाेल गर्ने थियरी हेनरीकाे ५१ गाेलकाे कीर्तिमानलाई उछिनेका छन्। जिरुडकाे याे ५२ औं अन्तर्राष्ट्रिय गाेल थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।