काठमाडौं– फ्रेञ्च गाेलरक्षक ह्युगाे लाेरिसले राष्ट्रिय टाेलीबाट प्रमुख प्रतियाेगिताका ३२ खेल खेल्ने लिलियाम थुरामकाे कीर्तिमानलाई बराबरी गरेका छन्।
पाेल्याण्डविरुद्ध मैदानमा उत्रिएपछि उनले सन् १९९८ काे विश्व च्याम्पियन खेलाडीकाे कीर्तिमानलाई बराबरी गरेका हुन्। फ्रेञ्च पूर्वस्टार थुरामले ‘लेस ब्लुज’ का लागि युराेकप र विश्वकपमा गरी ३२ खेल खेलेका थिए।
लाेरिस पनि यही कीर्तिमानकाे बराबरीमा पुगेका हुन्। लाेरिस १५ युराेकप र १७ विश्वकपकाे खेलमा सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।