दोहा– अर्जेन्टिनालाई प्रि–क्वाटरफाइनलमा कडा चुनौती दिएको अस्ट्रेलियाका खेलाडीहरू लिओनल मेसीको ठूलो प्रसंशक भएको खुलासा भएको छ।
९० मिनेट मैदानमा अर्जेन्टिनालाई राम्रोसँग खेल्न नदिएका अस्ट्रेलियाली खेलाडीले अन्ततः २–१ गोलले नतिजा सुम्पिएका थिए। जसमा ३५ मिनेटमा मेसीले डिबक्सभित्रबाट हानेको गोल उत्कृष्ट थियो।
तीन अस्ट्रेलियन डिफेन्डरले उनलाई डिबक्सभित्र रोक्न जालो बुनेका थिए। तर, अस्ट्रेलियाका उत्कृष्ट डिफेन्डर सुटरको खुट्टा मुनिबाट बल छिराउँदै मेसीले पहिलो सफलता दिलाएका थिए।
खेल समाप्त भएपछि चेञ्जिङ रुमतर्फ फर्किरहेका मेसीलाई अस्ट्रेलियाका खेलाडीहरूले कुरेर बसेका थिए। उनीहरूले मेसीसँग सेल्फी खिचेका थिए। मेसीसँग फोटो खिचाउँदा दंग परेका अस्ट्रेलियाका खेलाडीहरू पछि आफ्नो परिवारलाई मेसेञ्जरबाट फोटो पठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।