दोहा– ब्राजिललाई चोटले तनाव दिएको छ। मुख्य खेलाडी नेयमार घाइते भएर मैदानमा उत्रन नसकेको अवस्थामा थप २ खेलाडी पनि घाइते भएका छन्। नेयमारसँगै चोट बोक्ने खेलाडीको संख्या ४ पुगेको छ।
स्ट्राइकर ग्राबियल जिसस र डिफेन्डर एलेक्स टेसाल घाइते भएका हुन्। समूह चरणको अन्तिम खेलमा क्यारुनविरुद्ध मैदान उत्रदाँ उनीहरु घाइते भएका हुन्। उनीहरु दुबैले कतार विश्वकपका आगामी खेलहरु गुमाउने बताइएको छ।
यसअघि स्वीट्जरल्याण्डसँको खेलमा एलेक्स सान्द्रो पनि घाइते भएका थिए। उनी पनि फिट भइनसकेका जनाइएको छ।
अब ब्राजिलले नकआउट चरणको पहिलो खेल एसियाली टिम दक्षिण कोरियासँग खेल्दैछ। मुख्य खेलाडी नेयमार घाइते भएर खेल्ने–नखेल्ने भन्ने तय भइनसकेको अवस्थामा थप २ खेलाडी घाइते भएपछि ब्राजिलियन टिममा तनाब बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।