काठमाडौं– कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत आइतबार दुई खेल हुँदैछन्।
प्रिक्वाटरफाइनलका दोस्रो दिन आइतबारको पहिलो खेलमा फ्रान्स पोल्याण्ड आमनेसामने हुँदैछन्। विश्वकपको डिफेन्डिङ च्याम्पियन फ्रान्सले स्टार खेलाडी लेवान्डोस्कीको टिमसँग प्रतिस्पर्धा गर्नेछ।
यी दुई देशको खेल दोहास्थित अल थुमामा रंगशालामा नेपाली समयअनुसार राति ८:४५ बजे हुनेछ। विजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोली घर फर्कने छ।
आइतबारकै अर्को खेलमा इंग्ल्याण्ड र सेनेगलबीच हुनेछ। यी दुई टोलीको खेल राति १२:४५ बजे अल बेत रंगशालामा हुनेछ। अफ्रिका कप अफ नेसन्स च्याम्पियन देश सेनगलले अहिले निकै सुधारिएको प्रदर्शन गरिरहेको छ।
चोटका कारण मुख्य खेलाडी साडिओ मानेबिना नै मैदानमा उत्रिएको सेनेगल स्टार खेलाडीले भरिएको इंग्ल्याण्डलाई राम्रै चुनौती दिन सक्ने टिम हो।
इंग्ल्याण्ड स्टार खेलाडीले भरिएको छ। जारी विश्वकपमा इंग्ल्याण्डले राम्रो प्रदर्शन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।