काठमाडौं– लिओनल मेसीकाे ट्रेडमार्क गाेलकाे सहयाेगले अर्जेन्टिनाले कतारमा जारी विश्वकपकाे प्रिक्वाटर फाइनलमा अस्ट्रेलियाविरुद्ध पहिलाे हाफमा १–० काे अग्रता लिएकाे छ।
मेसीले ३५ मिनेटमा ओटमेन्डीले डिबक्सभित्र निकालेकाे थ्रु पासमा उत्कृष्ट गाेल गरे। विश्वकपमा उनकाे याे नवाैं गाेल थियाे भने कतारमा जारी विश्वकपकाे तेस्राे हाे।
मेसीले फुटबल करिअरकाे सबै प्रतियाेगितामा हानेकाे याे ७८९ गाेल हाे। यसमा पनि उनले १२९ विपक्षी टाेलीविरुद्ध गाेल हानेका हुन्।
मेसीकाे विश्वकप नकआउटमा निर्धारित समयमा हानेकाे याे पहिलाे गाेल हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।