दोहा– अर्जेन्टिनी स्टार लिओनल मेसीले अस्ट्रेलियाविरूद्ध मैदानमा उत्रिदै नयाँ कीर्तिमान बनाउँदै छन्। उनी शनिबार रातीको खेलमा मैदानभित्र प्रवेश गर्ने वित्तिकै सिनियर फुटबलमा उनको एक हजार खेल पुरा हुनेछ।
उनले बार्सिलोनाका लागि ७७८, पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि ५३ र अर्जेन्टिनाका लागि १६९ खेल खेलेका छन्।
अस्ट्रेलियाविरूद्ध उनले दुई गोल गरेको खण्डमा उनी अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पुग्ने छन्। उनीभन्दा माथि गाब्रियल बाटिस्टुटाको नाम छ। बाटिस्टुटाले विश्वकपमा १० गोल गरेका छन्। मेसीको नाममा ८ गोल छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।