काठमाडौै– अमेरिकालाई ३–१ गाेलले पराजित गर्दै नेदरल्याण्ड्स कतारमा जारी विश्वकपकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।
रुसमा ४ वर्षअघि भएकाे विश्वकपमा नेदरल्याण्ड्स छनाेट हुन सकेकाे थिएन। त्याे भन्दाअघि ब्राजिलमा भएकाे विश्वकपमा डच टाेली सेमिफाइनलसम्म पुगेकाे थियाे। त्यतिबेला सेमिफाइनलमा अर्जेन्टिनाले पेनाल्टीमा ४–२ गाेलले डच टाेलीलाई पराजित गरेकाे थियाे।
८ वर्षपछि त्याे खेलकाे ड्रामा कतारमा पुन: दाेहरिनसक्ने सम्भावना बढेकाे छ। विश्वकपकाे नकआउट चरणअन्तर्गत दाेस्राे खेल अर्जेन्टिना र अस्ट्रेलियाबीच शनिबार राती हुदैछ। याे खेलमा अर्जेन्टिना विजयी भएकाे खण्डमा डच टिमसँग क्वाटरफाइनलमा भेट हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।