काठमाडौं– अमेरिकाले ७६ मिनेटमा गाेल फर्काएकाे छ। पहिलाे हाफमा दुई गाेलले पछाडि परेकाे अमेरिकाका लागि हाजी राइटले गाेल गरे। ६७ मिनेटमा सब्सिच्युट खेलाडीकाे रुपमा प्रवेश गरेका राइटले पाेलिसिककाे पासमा गाेल गरेका थिए।
यसअघि पहिलाे हाफमा नेदरल्याण्ड्सले २–० गाेलकाे अग्रता लिएकाे थियाे। डच टिमका लागि १० मिनेटमा मेम्फिज डिपेइ र ४५ मिनेटमा डेली ब्लाइन्डले गाेल गरेका थिए। यी दुवै गाेलमा डेन्जल डम्फ्रिजले पास मिलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।