काठमाडौं– कतारमा जारी विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलमा शनिबार राति अर्जेन्टिनाले अष्ट्रेलियाविरुद्ध खेल्दैछ।
यता, अर्जेन्टिनाका प्रमुख खेलाडीअरहेका विंगर एंगेल डी मारियाले भने सो खेल गुमाउने सम्भावना बढेको छ। बुधबार राति पोल्याण्डविरुद्ध २–० को जित निकालेको खेलमा डी मारियामा मस्कल ओभरलोडको समस्या देखिएको अर्जेन्टिनी फुटबल संघले जनाएको छ।
डी मारिया थकित भएको देखेपछि प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले उनलाई परिवर्तन गरेका थिए। अर्जेन्टिना क्वार्टरफानइनलमा पुगेको खण्डमा भने उनी खेलमा फर्कन सक्ने बताइएको छ।
डी मारियाको स्थानमा लाउटारो मार्टिनेज वा पपु गोमेजले खेल्ने सम्भावना छ। पोल्याण्डविरुद्धको खेलमा मार्टिनेज सुरुवाती ११ मा थिएनन्। आज डी मारियाले नखेलेको खण्डमा उनले अवसर पाउने सम्भावना बढी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।