काठमाडौं– कतारमा जारी विश्वकप फुटबलका समूह चरणका खेल रोमाञ्चक भए। जसले गर्दा धेरै अप्रत्यासित नतिजा आएका छन्।
चार पटकको विजेता जर्मनी, फिफ वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियम र दुई पटकको विजेता उरुग्वे पहिलो चरणबाटै घर फर्किए।
दाबेदार मानिएका ठूला टोलीहरू पाँच पटकको विजेता ब्राजिल, साविकसँगै दुई पटकको विजेता फ्रान्स, दुई पटकको विजेतासमेत रहेको लियोनल मेसीप्ररित अर्जेन्टना, २०१० को विजेता स्पेन र क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि अपराजित रहन सकेनन्। उनीहरूले एक–एक खेल हारे।
यता, पाँच टोली भने विश्वकपको समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा गएका छन्।
अपराजित हुनेमा १९६६ को विजेता इंग्ल्याण्ड, नेदरल्याण्ड्स, मोरक्को, क्रोएसिया र अमेरिका छन्। यद्यपि, समूह चरणमा कुनै पनि टोलीले तीनवटै खेल भने जित्न सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।