काठमाडौं– कतारमा जारी विश्वकप फुटबलअन्तर्गत अन्तिम १६ समीकरण पूरा भएको छ। समूह जीका खेल सकिएसँगै नकआउट समीकरण पूरा भएको हो।
अन्तिम खेलमा क्यामरुनसँगै १–० ले पराजित हुनका बाबजुद यसअघि नै नकआउट चरणमा पुगिसकेको ब्राजिल समूह जीको विजेता बनेको छ। ब्राजिलले ६ अंक जोड्दै समूह विजेता बनेको हो।
ब्राजिल भिसन्ट अबउबाकरले खेल सकिँन लाग्दा गरेको एकमात्र गोलले पराजित हुन पुगेको हो। गोलको खुसीयाली मनाउने क्रममा उनले डबल पहेंलो कार्डसहित रातो कार्ड पाएका थिए।
यस्तै, यो समूहबाट स्विट्जरल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। भर्खरै सम्पन्न खेलमा सर्बियालाई ३–२ गोल अन्तरले हराउँदै स्विट्जरल्याण्ड समूह जीको उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो।
ब्राजिलसँग समान ६ अंक हुनका बाबजुद गोल अन्तरमा पछि परेपछि स्विट्जरल्याण्ड उपविजेतामा बनेको हो।
खेलमा स्विट्जरल्याण्डले सुरुवाती अग्रता लिएको थियो। छेर्दन शाकिरीले २० औँ मिनेटमा स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए।
तर, सर्बियाले लगत्तै पनि दुई गोल फर्काएको थियो। अलेक्जान्डर मिट्रोभिचले २६ औँ मिनेटमा बराबरी गोल फर्काए। त्यसपछि पुनः ३५ औँ मिनेटमा भ्याहोभिचले सर्बियालाई अग्रता दिलाएका थिए। तर, इम्बोलोले ४४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि फ्रिउलेरले ४८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो।
समूह जीबाट ४ अंक जोडेको क्यामरुन र मात्र १ अंक जोडेको सर्बिया बाहिरिएका छन्।
अब नकआउट चरणमा ब्राजिलले दक्षिण कोरिया र स्विट्जरल्याण्डले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।