काठमाडौं– कतारमा जारी विश्वकप फुटबलअन्तर्गत अहिले सर्बिया र स्विट्जरल्याण्डबीच खेल भइरहेको छ।
यसैबीच, स्विट्जरल्याण्डले सुरुवाती अग्रता लिएको छ। छेर्दन शाकिरीले २० औँ मिनेटमा स्विट्जरल्याण्डलाई अग्रता दिलाएका हुन्।
स्विट्जरल्याण्डको तीन अंक छ भने सर्बियाले एक अंकमात्र जोडेको छ। नकआउट चरण पक्का गर्न दुवै स्पष्ट जित चाहन्छन्। यद्यपि, स्विट्जरल्याण्डका लागि बराबरीको नतिजा पनि अनुकूल हुन सक्छ। त्यसका लागि यसै समूहको अर्को खेलमा ब्राजिल क्यामरुनसँग हार्नु हुादैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।