काठमाडौं- घानाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरण प्रवेशतर्फ अघि बढेको उरुग्वेको गतिमा दक्षिण कोरियाले ब्रेक लगाइदिएको छ।
पोर्चुगलविरुद्ध सनसनीपूर्ण कमब्याक गर्दै दक्षिण कोरियाले २—१ को जित निकालेपछि उरुग्वेको नकआउट चरण प्रवेशको सम्भावना समाप्त भएको हो।
समान चार अंक भए पनि गोल अन्तरका आधारमा उरुग्वेलाई पछि पार्दै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गर्यो।
खेलको २६ औं मिनेटमा डी एरेस्केटा गोल गर्दै उग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले हेडमार्फत गोल गरेका थिए।
खेलको ३२ औं मिनेटमा उनैले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। स्वारेजेको पासमा डी एरेस्केटाले दोस्रो गोल गरेका थिए।
त्यसपछि दुबै टिमबाट गोल हुन नसकेपछि उरुग्वेले २—० को प्रभावशाली जित निकालेको थियो। तर नकआउट चरणका लागि त्यो पर्याप्त भएन।
यसअघि घानाले पाएको पेनाल्टी समेत मिस गरेको थियो। खेलको २० औं मिनेटमा पाएको पेनाल्टी उरुग्वेका गोलरक्षकले रोकेका हुन्। किपरले नै फउल गरेपछि घानाले पेनाल्टी पाएको थियो।
घानाका आन्द्रे मोर्गन रामी अईमपेलेले हानेको पेनाल्टी उरुग्वेका गोलकिपर सर्जियो रोचेटलको रोकेका थिए।
यो समूहबाट घाना र उरुग्वे बाहिरिए पनि पोर्चुगल र दक्षिण कोरिया अर्को चरणमा प्रवेश गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।