काठमाडौं– घानाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वे नकआउट चरण प्रवेशतर्फ अघि बढेको छ। अर्को चरण प्रवेशका लागि जित्नै पर्ने दबाबमा रहेको उरुग्वेले उत्कृष्ट प्रर्दशन गरेको छ।
पहिलो हाफ सकिँदा उरुग्वेले २–० को अग्रता बनाएको छ। खेलको २६औं मिनेटमा डी एरेस्केटाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनले हेडमार्फत् गोल गरेका थिए।
खेलको ३२औं मिनेटमा उनैले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। लुइस स्वारेजको पासमा डी एरेस्केटाले दोस्रो गोल गरेका थिए।

यसअघि घानाले पाएको पेनाल्टी समेत मिस गरेको थियो। खेलको २०औं मिनेटमा पाएको पेनाल्टी उरुग्वेका गोलरक्षकले रोके। किपरले नै फउल गरेपछि घानाले पेनाल्टी पाएको थियो।
घानाका आन्द्रे मोर्गन रामी अईमपेलेले हानेको पेनाल्टी उरुग्वेका गोलकिपर सर्जियो रोचेटलको रोकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।