काठमाडौं— कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा पोर्चुगलविरुद्ध दक्षिण कोरियाले गोल फर्काएकोे छ।
खेलको २६ औं मिनेटमा डिफेन्डर किम योङ ग्वानले गोल फर्काएका हुन्। योसँगै पोर्चुगलसँग १—१ को बराबरी कोरियाले बनाएको छ।
यसअघि दक्षिण कोरियाविरुद्ध खेलको ५ औं मिनेटमा रिकार्डो होर्ताले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।
यसअघिका दुई खेल जितेको पोर्चुगल नकआउट चरणमा प्रवेश गरिसकेको छ ।
दक्षिण कोरियालाई अर्को चरणमा जानका लागि आजको खेल जित्नैपर्ने हुन्छ। आफ्नो जितले मात्रै कोरियालाई अर्को चरणमा जाने बाटो खुल्दैन। यही समूहका उरुग्वे र घानाबीचको खेलको नतिजामा समेत भर पर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।