काठमाडौं– घानाविरुद्ध उरुग्वेले अग्रता दोब्बर बनाएको छ। खेलको ३२औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएको हो। लुइस स्वारेजको पासमा डी एरेस्केटाले नै गोल गर्दै अग्रता दोब्बर बनाए।
यसअघि खेलको २६ औं मिनेटमा उनैले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनले हेडमार्फत् गोल गरेका थिए।
यसअघि घानाले पाएको पेनाल्टी समेत मिस गरेको थियो। खेलको २०औं मिनेटमा पाएको पेनाल्टी उरुग्वेका गोलरक्षकले रोकेका हुन्। किपरले नै फउल गरेपछि घानाले पेनाल्टी पाएको थियो।
अर्को चरणमा जानका लागि उरुग्वेलाई पनि जिन्नै पर्ने हुन्छ। जितपछि पनि पोर्चुगल र दक्षिण कोरियाबीचको खेलको नतिजा कुर्नपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।