काठमाडौं- घानाविरुद्ध उरुग्वेले अग्रता बनाएको छ। खेलको २६ औं मिनेटमा गोल हान्दै उरुग्वेले अग्रता बनाएको हो । उग्रग्वेका डी एरेस्केटाले हेडमार्फत गोल गदै अग्रता बनाएका हुन्।
यसअघि घानाले पाएको पेनाल्टीसमेत मिस गरेको थियो। खेलको २० औं मिनेटमा पाएको पेनाल्टी उरुग्वेका गोलरक्षकले रोकेका हुन्। किपरले नै फउल गरेपछि घानाले पेनाल्टी पाएको थियो।
अर्को चरणमा जानका लागि उरुग्वेलाई पनि जिन्नै पर्ने हुन्छ। जितपछि पनि पोर्चुगल र दक्षिण कोरियाबीचको खेलको नतिजा समेत कुर्नपर्ने हुन्छ।
घाना भने बराबरी गरेको अवस्थामा समेत अर्को चरण जानसक्ने सम्भावना रहन्छ। त्यसका लागि यही समूहको पोर्चुगल र दक्षिण कोरियाको खेलमा कोरिया हार्नु वा बराबरीमा रोकिनु पर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।