• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २१, २०८२ Mon, Jan 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

चर्चित उम्मेदवारको चुनावी नतिजा: केहीले मत पनि पाए, धेरै चर्चामै सीमित भए

64x64
ईश्वर बराल आइतबार, मंसिर १८, २०७९  १२:४९
1140x725

काठमाडौं– प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा केही क्षेत्रका उम्मेदवारहरुले अतिरिक्त चर्चा पाएका थिए। फरक पेसामा चर्चा कमाएर संसदीय राजनीतिका लागि उम्मेदवारी दिएका कलाकार पृष्ठभूमिकी रेखा थापा, कोमल वली, कलाकार मधुसुदन पाठक (सिते बा), कमेडियन हिमेश पन्त होउन् वा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टक्कर दिन गोरखा २ बाट उम्मेदवारी दिएका शताब्दी पुरुष टिका दत्त पोखरेलहरुलाई जनताले कति मत दिए होलान् त?

प्रसङ्ग सुरु गरौं रेखा थापाबाट। 

नेपाली सिने जगतमा उल्लेख्य चर्चा कमाएकी थापाको राजनीतिक मोह प्रकट भएको एक दशक अघि नै हो। उनी तत्कालीन नेकपा माओवादी हुँदै हाल राप्रपाकी केन्द्रीय सदस्य छिन्। त्यसो त थापाले राप्रपाको महाअधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेर पराजय ब्योहोरेकी थिइन्। 

मंसिर ४ को निर्वाचनमा थापा मोरङ क्षेत्र नंबर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा थिइन्। उनी एमालेका उम्मेदवार तथा निर्वतमान सांसद भानुभक्त ढकाल र कांग्रेस उम्मेदवार सुनिल शर्मासँग प्रतिस्पर्धामा थिइन्। 

काठमाडौंबाट मोरङ पुगेका प्राय: पत्रकारले रेखासँग अन्तवार्ता लिए। त्यसो त समाजिक संजाल टिकटकमा उनीसँगका भिडियो भाइरल भएका दिखिन्थे। उनको चर्चा यति थियो की उनको प्रतिस्पर्धी पुरापुर छायाँमा परेका थिए। 

तर जनताले थापालाई उती मत दिएनन्  जति उनलाई संसद् छिर्न आवश्यक पर्थ्यो। संसदीय रेसका लागि थापालाई जनताबाट करिब १० हजार ९९८ मत मात्र प्राप्त भयो। जबकि उक्त क्षेत्रबाट निर्वाचित कांग्रेस उम्मेदवार शर्माले करिब ४८ हजार ६३१ मतका साथ जित निकालेका छन्। 

यस्तै, झापा क्षेत्र नम्बर ४ बाट कलाकार खुश्बु ओलीले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। तर उनले १ हजार ८२४ मत मात्र प्राप्त गरिन्। कुल सदर मतको १० प्रतिशत मत नपुगेर ओलीको जमानत जफत भयो। यो क्षेत्रबाट एमाले उम्मेदवार लाल प्रसाद सावाँ निर्वाचित भएका छन्। 

झापा क्षेत्र नंबर ५ बाट लेखक युग पाठकले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले पनि जमानत जोगाउन सकेनन्। पाठकले जम्मा ३५६ मत मात्र प्राप्त गरे। यो क्षेत्र बाट एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भए। 

Ncell 2
Ncell 2

यस्तै, धनुषा क्षेत्र नम्बर ४ बाट कृष्ण कुमार महतोले स्वतन्त्र उम्मेदवारी दिएका थिए। जनकपुरका चर्चित  हाँस्य कलाकार महतोले ४ हजार ३४३ मत प्राप्त गरे। निर्वाचन अगाडिको लोभलाग्दो चर्चाका बीच पनि उनले कुल सदर मतको १० प्रतिशत पुर्‍याउन सकेनन्। यो क्षेत्रबाट एमाले सचिव रघुबीर महासेठ निर्वाचित भएका छन्। 

त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ५ बाट चर्चित हाँस्यकार्यक्रम ‘सक्किगोनी’का कलाकार मधुसुदन पाठक (सिते बा) ले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका थिए। लौरो चुनाव चिह्न रहेकै कारण केही चर्चा कमाएको यो पार्टीका उम्मेदपार पाठकले भने जम्मा ३६४ मत प्राप्त गरे। पाठक पनि जमानत जोगाउनबाट निकै टाढा रहे। यो क्षेत्रबाट कांग्रेस उम्मेदवार प्रदीप पौडेलले जित हासिल गरे। 

यही क्षेत्रबाट उम्मेदवार रहेकी रञ्जु दर्शनाले पनि जमानत जोगाउन सकिनन्। २०७४ को निर्वाचनमा काठमाडौं महानगरको मेयर पदकी प्रत्याक्षी रञ्जुले जित ननिकाले पनि सान्दार मत प्राप्त गरेकी थिइन्। सार्वजनिक वृत्तमा अधिक चर्चामा रहेकी उनी पार्टी राजनीतिमा भने प्राप्त पुँजी संरक्षण गर्न नसक्दा यो निर्वाचनमा जम्मा ६०० मतमा मात्र सीमित हुन पुगिन्।  तत्कालीन विवेकशिल, विवेकशिल साझा हुँदै यो निर्वाचनमा आइपुग्दा दलविहीन अवस्थमा पुगिन्। उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। 

यस्तै, चर्चीत नेपाली कमेडियन कार्यक्रम ‘कमेडि च्याम्पियन’ को पहिलो स्पर्धाको विजेता हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार थिए। पन्तले १२ हजार ४९४ मत प्राप्त गरे। यो क्षेत्रबाट एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे विजयी बने। तेस्रो स्थानको मत पाएका पन्तले ‘घण्टी’ को रुझान भएको बेला औसत मत प्राप्त गरे।

चिनवनबाट उम्मेदवार दिन गोरखा २ पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हराउन चिनवनबाटै गोरखा पुगेका १०० बर्षीय टिका दत्त पोखरेलले १३० मत पाए। उनले नेपाली कांग्रेस बीपी पार्टीबाट उम्मेदवार दिएका थिए। 

त्यस्तै, दाङ क्षेत्र नंबर ३ बाट उम्मेदवार दिएकी पूर्व सञ्चारकर्मी तथा कलाकार कोमल वलीले २९ हजार ०९२ मत प्राप्त गरिन्। त्यसो त उनले नेकपा एमालेबाट राष्ट्रिय सभामा एक कार्यकाल पुरा गरिसेकी थिइन्। तर यो निर्वाचनमा कांग्रेस उम्मेदवार दिपक गिरीसँग पराजय भोगिन्। 

दाङ क्षेत्र नंबर १ बाट उम्मेदवारी दिएकी गंगा चौधरी (सत्गौवा) १ हजार ९३ मतमा सीमित हुन पुगिन्।  उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी थिइन्। चौधरीको यहाँ चर्चा किन गरियो भने नेकपा एमालेको केन्द्रीय सदस्य रहँदा र अघिल्लो संसद्‌मा सांसद रहेकी चौधरी एमाले अध्यक्ष केपी ओलीले गरेका ‘राम्रा–नराम्रा’ सबै कामको बफादार रक्षा गर्थिन्। पार्टीले अन्तिम समयमा अर्की नेतृ शान्ता चौधरीलाई टिकट दिएपछि गंगाले पार्टी त्यागेर नयाँ दलबाट उम्मेवारी दिइन्। तर १० प्रतिशत मत प्राप्त गर्नबाट उनी धेरै दूर रहिन्। यो क्षेत्रबाट पूर्व एमाले तथा वर्तमान एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले जित निकाले।

यस्तै बहालवाला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिलाई संसदीय टक्कर दिन डडेलधुरा पुगेका गुल्मीका सागर ढकालले १३ हजार ४६ मत प्राप्त गरे। एक कार्यक्रममा उ बेलाका र अहिलका पनि प्रधानमन्त्री शेरबहादुर देउवाको हप्की भेटेका ढकालले देउवा हराउन डडेलधुरा पुगेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। जित देउवाकै भए पनि ढकालले सम्मानजनक दोस्रो स्थानको मत प्राप्त गरे। 

यी बाहेक नयाँ बनेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका फरक पेसाका डा तोसीमा कार्की, पूर्व संचारकर्मी रवी लामिछाने, अधिवक्ता तथा संचारकर्मी सोबिता गौतम लगायतको चर्चा भने मतमा पनि परिणत भयो। उनीहरुले संघीय संसद्‌को यात्रा सुनिश्चित गरेका छन्। चुनावमा जित निकालिसकेका कारणले पनि उनीहरुको चर्चा अहिले र आगामी दिनमा पनि रहिरहने छ। 

निर्वाचन अघि चर्चामा रहेका, तर जित हात नलागेका उम्मेदवारको चर्चा भने अपवाद बाहेक क्रमश: सेलाउँदै जाने निश्चित छ। 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १२:४९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
यी हुन् निर्वाचन आयोगमा बन्दसूची बुझाउन राजनीतिक दल आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्द सूची पेस भएको हो । मंगलबार, पुस १५, २०८२
९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची जनप्रिय लोकतान्त्रिक पार्टी-१२, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल)-२०, गतिशील लोकतान्त्रिक पार्टी-११ सोमबार, पुस १४, २०८२
समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलले पुस १३ र १४ गतेसम्म पेश गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २०... सोमबार, पुस १४, २०८२
ताजा समाचारसबै
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
झापा–५ बाट ओलीको नाम एकल सिफारिस शनिबार, पुस १९, २०८२
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सर्वत्र आलोचनापछि रास्वपाको समानुपातिक सूचीबाट धमाधम नाम फिर्ता लिँदै, को–को हुन् नाम फिर्ता लिनेहरु? शनिबार, पुस १९, २०८२
रास्वपाको बन्दसूचीबाट सचिन ढकालले पनि फिर्ता लिए उम्मेदवारी शनिबार, पुस १९, २०८२
अमेरिकी डलरको भाउ निरन्तर उकालो शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्