• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

चर्चित उम्मेदवारको चुनावी नतिजा: केहीले मत पनि पाए, धेरै चर्चामै सीमित भए

64x64
ईश्वर बराल आइतबार, मंसिर १८, २०७९  १२:४९
1140x725

काठमाडौं– प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा केही क्षेत्रका उम्मेदवारहरुले अतिरिक्त चर्चा पाएका थिए। फरक पेसामा चर्चा कमाएर संसदीय राजनीतिका लागि उम्मेदवारी दिएका कलाकार पृष्ठभूमिकी रेखा थापा, कोमल वली, कलाकार मधुसुदन पाठक (सिते बा), कमेडियन हिमेश पन्त होउन् वा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टक्कर दिन गोरखा २ बाट उम्मेदवारी दिएका शताब्दी पुरुष टिका दत्त पोखरेलहरुलाई जनताले कति मत दिए होलान् त?

प्रसङ्ग सुरु गरौं रेखा थापाबाट। 

नेपाली सिने जगतमा उल्लेख्य चर्चा कमाएकी थापाको राजनीतिक मोह प्रकट भएको एक दशक अघि नै हो। उनी तत्कालीन नेकपा माओवादी हुँदै हाल राप्रपाकी केन्द्रीय सदस्य छिन्। त्यसो त थापाले राप्रपाको महाअधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेर पराजय ब्योहोरेकी थिइन्। 

मंसिर ४ को निर्वाचनमा थापा मोरङ क्षेत्र नंबर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा थिइन्। उनी एमालेका उम्मेदवार तथा निर्वतमान सांसद भानुभक्त ढकाल र कांग्रेस उम्मेदवार सुनिल शर्मासँग प्रतिस्पर्धामा थिइन्। 

काठमाडौंबाट मोरङ पुगेका प्राय: पत्रकारले रेखासँग अन्तवार्ता लिए। त्यसो त समाजिक संजाल टिकटकमा उनीसँगका भिडियो भाइरल भएका दिखिन्थे। उनको चर्चा यति थियो की उनको प्रतिस्पर्धी पुरापुर छायाँमा परेका थिए। 

तर जनताले थापालाई उती मत दिएनन्  जति उनलाई संसद् छिर्न आवश्यक पर्थ्यो। संसदीय रेसका लागि थापालाई जनताबाट करिब १० हजार ९९८ मत मात्र प्राप्त भयो। जबकि उक्त क्षेत्रबाट निर्वाचित कांग्रेस उम्मेदवार शर्माले करिब ४८ हजार ६३१ मतका साथ जित निकालेका छन्। 

यस्तै, झापा क्षेत्र नम्बर ४ बाट कलाकार खुश्बु ओलीले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। तर उनले १ हजार ८२४ मत मात्र प्राप्त गरिन्। कुल सदर मतको १० प्रतिशत मत नपुगेर ओलीको जमानत जफत भयो। यो क्षेत्रबाट एमाले उम्मेदवार लाल प्रसाद सावाँ निर्वाचित भएका छन्। 

झापा क्षेत्र नंबर ५ बाट लेखक युग पाठकले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले पनि जमानत जोगाउन सकेनन्। पाठकले जम्मा ३५६ मत मात्र प्राप्त गरे। यो क्षेत्र बाट एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भए। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, धनुषा क्षेत्र नम्बर ४ बाट कृष्ण कुमार महतोले स्वतन्त्र उम्मेदवारी दिएका थिए। जनकपुरका चर्चित  हाँस्य कलाकार महतोले ४ हजार ३४३ मत प्राप्त गरे। निर्वाचन अगाडिको लोभलाग्दो चर्चाका बीच पनि उनले कुल सदर मतको १० प्रतिशत पुर्‍याउन सकेनन्। यो क्षेत्रबाट एमाले सचिव रघुबीर महासेठ निर्वाचित भएका छन्। 

त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ५ बाट चर्चित हाँस्यकार्यक्रम ‘सक्किगोनी’का कलाकार मधुसुदन पाठक (सिते बा) ले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका थिए। लौरो चुनाव चिह्न रहेकै कारण केही चर्चा कमाएको यो पार्टीका उम्मेदपार पाठकले भने जम्मा ३६४ मत प्राप्त गरे। पाठक पनि जमानत जोगाउनबाट निकै टाढा रहे। यो क्षेत्रबाट कांग्रेस उम्मेदवार प्रदीप पौडेलले जित हासिल गरे। 

यही क्षेत्रबाट उम्मेदवार रहेकी रञ्जु दर्शनाले पनि जमानत जोगाउन सकिनन्। २०७४ को निर्वाचनमा काठमाडौं महानगरको मेयर पदकी प्रत्याक्षी रञ्जुले जित ननिकाले पनि सान्दार मत प्राप्त गरेकी थिइन्। सार्वजनिक वृत्तमा अधिक चर्चामा रहेकी उनी पार्टी राजनीतिमा भने प्राप्त पुँजी संरक्षण गर्न नसक्दा यो निर्वाचनमा जम्मा ६०० मतमा मात्र सीमित हुन पुगिन्।  तत्कालीन विवेकशिल, विवेकशिल साझा हुँदै यो निर्वाचनमा आइपुग्दा दलविहीन अवस्थमा पुगिन्। उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। 

यस्तै, चर्चीत नेपाली कमेडियन कार्यक्रम ‘कमेडि च्याम्पियन’ को पहिलो स्पर्धाको विजेता हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार थिए। पन्तले १२ हजार ४९४ मत प्राप्त गरे। यो क्षेत्रबाट एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे विजयी बने। तेस्रो स्थानको मत पाएका पन्तले ‘घण्टी’ को रुझान भएको बेला औसत मत प्राप्त गरे।

Xtrem

Xtrem

चिनवनबाट उम्मेदवार दिन गोरखा २ पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हराउन चिनवनबाटै गोरखा पुगेका १०० बर्षीय टिका दत्त पोखरेलले १३० मत पाए। उनले नेपाली कांग्रेस बीपी पार्टीबाट उम्मेदवार दिएका थिए। 

त्यस्तै, दाङ क्षेत्र नंबर ३ बाट उम्मेदवार दिएकी पूर्व सञ्चारकर्मी तथा कलाकार कोमल वलीले २९ हजार ०९२ मत प्राप्त गरिन्। त्यसो त उनले नेकपा एमालेबाट राष्ट्रिय सभामा एक कार्यकाल पुरा गरिसेकी थिइन्। तर यो निर्वाचनमा कांग्रेस उम्मेदवार दिपक गिरीसँग पराजय भोगिन्। 

दाङ क्षेत्र नंबर १ बाट उम्मेदवारी दिएकी गंगा चौधरी (सत्गौवा) १ हजार ९३ मतमा सीमित हुन पुगिन्।  उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी थिइन्। चौधरीको यहाँ चर्चा किन गरियो भने नेकपा एमालेको केन्द्रीय सदस्य रहँदा र अघिल्लो संसद्‌मा सांसद रहेकी चौधरी एमाले अध्यक्ष केपी ओलीले गरेका ‘राम्रा–नराम्रा’ सबै कामको बफादार रक्षा गर्थिन्। पार्टीले अन्तिम समयमा अर्की नेतृ शान्ता चौधरीलाई टिकट दिएपछि गंगाले पार्टी त्यागेर नयाँ दलबाट उम्मेवारी दिइन्। तर १० प्रतिशत मत प्राप्त गर्नबाट उनी धेरै दूर रहिन्। यो क्षेत्रबाट पूर्व एमाले तथा वर्तमान एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले जित निकाले।

यस्तै बहालवाला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिलाई संसदीय टक्कर दिन डडेलधुरा पुगेका गुल्मीका सागर ढकालले १३ हजार ४६ मत प्राप्त गरे। एक कार्यक्रममा उ बेलाका र अहिलका पनि प्रधानमन्त्री शेरबहादुर देउवाको हप्की भेटेका ढकालले देउवा हराउन डडेलधुरा पुगेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। जित देउवाकै भए पनि ढकालले सम्मानजनक दोस्रो स्थानको मत प्राप्त गरे। 

यी बाहेक नयाँ बनेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका फरक पेसाका डा तोसीमा कार्की, पूर्व संचारकर्मी रवी लामिछाने, अधिवक्ता तथा संचारकर्मी सोबिता गौतम लगायतको चर्चा भने मतमा पनि परिणत भयो। उनीहरुले संघीय संसद्‌को यात्रा सुनिश्चित गरेका छन्। चुनावमा जित निकालिसकेका कारणले पनि उनीहरुको चर्चा अहिले र आगामी दिनमा पनि रहिरहने छ। 

निर्वाचन अघि चर्चामा रहेका, तर जित हात नलागेका उम्मेदवारको चर्चा भने अपवाद बाहेक क्रमश: सेलाउँदै जाने निश्चित छ। 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १२:४९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढीले दियो चेतावनी: अब पूर्वाधार निर्माणको मापदण्ड बदल्नुपर्छ आइतबार, असोज १८, २०८३
नेपाली क्रिकेट टिमका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारीः आइतबार, असोज १८, २०८३
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार, असोज १८, २०८३
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्