काठमाडौं– अभिनेता सलोन बस्नेत वैवाहिक बन्धनमा बाँधिएका छन्। बस्नेतले प्रेमिका करिश्मा केसीसँग सोमबार बिहे गरेका हुन्।
सलोन र करिश्माको विवाह समारोह चन्द्रागिरी रिसोर्टमा भइरहेको छ। विवाहमा दुवै पक्षका परिवार, साथीभाइ, आफन्त र चलचित्रकर्मीहरुको उपस्थिति छ।
सलोन र करिश्माले तीन वर्षदेखि एक–अर्कासँग प्रेम सम्बन्धमा थिए। करिश्मा नेपाल वायुसेवा निगममाएयर होस्टेसको काम गर्छिन्।
सलोनले ‘होस्टल’, ‘ए मेरो हजुर २’, ‘ए मेरो हजुर ३’, ‘ए मेरो हजुर ४’, ‘यात्रा’ लगायत फिल्ममा अभिनय गरेका छन्। उनको मुख्य भूमिका रहेको फिल्म ‘मीलन’ प्रदर्शनरत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।