• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
तनहुँ १ मत विश्लेषण

रामचन्द्र पौडेल हराउने गोविन्दराज जोशीको प्रयास यसरी भयो असफल

64x64
रिखिराम जिसी मंगलबार, मंसिर १३, २०७९  ११:०४
1140x725

पोखरा- तनहुँका दुई नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको सम्बन्ध र टकराव नेपाली राजनीतिमा नौलो होइन। २०४८/०४९ सालदेखि उनीहरुको प्रतिस्पर्धा र बेमेल निरन्तर चलिरहेको छ।

पौडेल र जोशी दुवैको पार्टी र गुट एउटै थियो। एउटै पार्टीको एउटै गुटमा रहँदा पनि एकै जिल्लाका पौडेल र जोशीबीच कहिल्यै पनि सौहार्दपू्र्ण सम्बन्ध रहन सकेन। जिल्लामा बढी सक्रिय जोशी सधैं कार्यकर्तासँग जोडिए। पौडेल केन्द्रमा नै सधैँ बलियो नेताका रूपमा रहन पुगे। 

जोशी शिक्षक भएर काम गर्दा तथा वकिल हुँदा स्थानीय नेता-कार्यकर्तासँग नजिक भए। पौडेलको जन्म तनहुँमा भए पनि पञ्चायती व्यवस्था सुरु भएलगत्तै बिपी कोइरालाको संगतमा पुगे। 

बनारसबाट नेपालमा राजनीतिक गतिविधि चलाइरहँदा पश्चिमी कमान्ड पौडेललाई दिएको मन पराउँदैनथे जोशी। त्यतिबेला उनले ‘भूगोलमा राजनीति गरेको नेता म हुँ’ भन्दै बिपीसँग समेत गुनासो गर्ने गरेका थिए। त्यसयता जोशीले पौडेललाई नेताका रूपमा कहिल्यै स्वीकार्न चाहेनन्। 

२०४८ सालमा भएको निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट उठेर जोशीलाई कांग्रेसको प्रभाव नरहेको क्षेत्र नम्बर २ मा पठाए। तनहुँ- १ बाट चुनाव जितेर पौडेल  स्थानीय विकास तथा कृषि मन्त्री भए। जोशीले पनि त्यतिबेला चुनाव भने जितेका थिए। 

२०५१ को मध्यावधि निर्वाचनमा जोशीले जितेको क्षेत्र सुरक्षित देखेर पौडेल त्यतै लागे। क्षेत्र नम्बर १ छोडेर क्षेत्र नम्बर २ बाट चुनाव लडे। र, जोशीलाई क्षेत्र नम्बर १ मा उठाए। त्यसबेला पनि जोशीले चुनाव जिते। 

२०७० को संविधान सभा निर्वाचनमा पनि जोशीमाथि पौडेलको हस्तक्षेप देखियो। आफू तनहुँ- २ बाट उठेका पौडेलले जोशीलाई प्रत्यक्षमा टिकट त दिएनन् नै, समानुपातिक उम्मेदवारका लागि आएको सिफारिस समेत उनकै बलमा काटियो। पौडेलको क्षेत्रबाट ६ जना समानुपातिक सांसद पर्दा १ र ३ बाट एक जना पनि पारेनन्। 

२०७४ को निर्वाचनमा तनहुँ- १ मा आफू सुरक्षित हुने गरी तनहुँ- २ मा शंकर भण्डारीलाई टिकट दिए। जोशीको हात खाली भयो। टिकट नपाएपछि त्यही झोकमा जोशीले रामचन्द्र विरुद्ध तनहुँ- १ बाट स्वतन्त्र उम्मेदवारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

पौडेल पक्षकै उजुरीका आधारमा निर्वाचन आयोगले भ्रष्टाचार मुद्दा लागेका जोशीको उम्मेदवारी खारेज गरिदियो। रामचन्द्रका कारण आफ्नो उम्मेदवारी खारेज भएपछि जोशीले नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सहयोग गरे। जुन निर्वाचनमा रामचन्द्र लगायत तनहुँका सबै क्षेत्रमा कांग्रेस पराजित हुन पुग्यो। श्रेष्ठले ६ हजार ८०२ मत अन्तरले पौडेललाई पराजित गरेका थिए। पौडेललाई हार चखाउन जोशी सफल रहे।

निर्वाचनपछि अन्तर्घात गरेको भन्दै १० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्यसमेत नरहने गरी ५ वर्षका लागि जोशीलाई कारबाही गर्यो। 

२०७४ सालमा पौडेललाई जितेका नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठ यसपालि भने पौडेललाई चुनाव क्षेत्र छोडिदिएर बारा- ४ मा गए। तनहुँ-१ बाटै उम्मेदवार सिफारिस भएका केन्द्रीय सदस्य शंकर भण्डारीलाई तनहुँ-२ मा र त्यहाँबाट टिकटको आकांक्षा राखेका केन्द्रीय सदस्य प्रदीप पौडेललाई काठमाडौं-५ मा पठाएर रामचन्द्र पौडेलले पार्टीभित्र सहज वातावरण बनाए। 

रामचन्द्र पौडेल र गोविन्दराज जोशीको टकराव स्थानीय तहको निर्वाचनमा पनि देखियो। गत वैशाख ३० गते भएको निर्वाचनमा कांग्रेसलाई पराजित गर्न जोशीले एमालेसँग तालमेल गरेका थिए। स्थानीय तहको निर्वाचनमा गोविन्दराज जोशी एमालेसँग तालमेल गरेर चुनावी मैदानमा थिए। 

नेकपा एमालेसँग चुनावी तालमेल गरेर व्यास नगरपालिकाको मेयरमा गोविन्दराज जोशीले छोरा दीपकराज जोशीलाई उम्मेदवार बनाएका थिए। एमालेसँग तालमेलबाट उम्मेदवारी दिएका दीपकराज नेपाली कांग्रेसका उम्मेदवारसँग २ सय ५२ को झिनो मतान्तरले पराजित भएका थिए। दीपकराजले ११ हजार ८ सय २६ र कांग्रेसका बैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत ल्याए। न्यौपाने रामचन्द्र पक्षधर स्थानीय नेता हुन्। 

यस पटक जोशीले रामचन्द्रलाई पराजित गर्न सकेनन्। अघिल्लो पटक जोशीको उम्मेदवारी खारेज हुँदा पराजय व्यहोरेका पौडेलले जोशीको उम्मेदवारीमा पनि विजयी भए।  

पौडेलले एमाले उम्मेदवार एकबहादुर राना मगरलाई ५ हजार ३ सय ८० मतले पराजित गरे। पौडेललाई हराउँछु भनेर स्वतन्त्र उम्मेदवारी दिएका जोशीले ६ हजार ८ सय ८६ मत पाएका छन्। यहाँ पौडेल २५ हजार ३ सय ६१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका एकबहादुरले १९ हजार ९ सय ८१ मत पाए। तर जोशी र रानाको मत जोड्दा भने पौडेलको भन्दा धेरै हुन्छ।

स्थानीय तह निर्वाचनमा झैं जोशीले कांग्रेस विरुद्ध तालमेल गरेका भए पौडेल हराउने उनको प्रयास सफल हुने मत परिणामले देखाएको छ। राना र जोशीको मत एकै ठाउँमा भएको भए पौडेल १ हजार ५ सय १६ मतले हार्न सक्थे। 

तनहुँ- १ को मत
रामचन्द्र पौडेल-    २५३६१ 
एकबहादुर राना-    १९९९१
गोविन्दराज जोशी- ६८८६
राना र पौडेलको मतान्तर-    ५३८०
राना र जोशीको मत एक ठाउँ हुँदा-    २६८७७
जोशी र रानाको मतसँग पौडेलको मतान्तर-    १५१६

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ११:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
ईशानले ३ महिने ‘नेपाल ई–स्पोर्ट्स लिग’ गर्ने सोमबार, भदौ २९, २०८३
भोटेकोशी बाढीमा अहिलेसम्म १ हजार ३९० जनाको शव फेला सोमबार, भदौ २९, २०८३
२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्प भन्छन्, ‘अहिले कुनै निर्णय भएको छैन’ सोमबार, भदौ २९, २०८३
आगामी निर्वाचनमा रास्वपाले व्यक्ति विशेषभन्दा सोच र क्षमता भएको उम्मेदवार चयन गर्छ : बलायर सोमबार, भदौ २९, २०८३
काठमाडौंको बन्द कोठामा बसेर पाठ्यक्रम निर्माण गर्ने अभ्यास अन्त्य गर्नुपर्छ : शिक्षामन्त्री सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्