काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस नेता प्रकाशमान सिँहले भेट गरेका छन्।
सिँहकाे सचिवालयले ओलीसँग भेट भएको जनाएको छ। निर्वाचनलगत्तै नेताद्वयबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीसँग विभिन्न क्षेत्रमा तालमेल गरेको एमालेले सिंहको क्षेत्रमा राप्रपा नेता रवीन्द्र मिश्रलाई समर्थन गर्न अस्वीकार गरेको थियो। एमालेबाट किरण पौडेल उम्मेदवार बनेका थिए।
झिनो अन्तरले पराजित मिश्रलाई एमालेले समर्थन गर्दा सिंहले जित्ने सम्भावना कमजोर थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।