काठमाडौं– पहिलो हाफमा अस्ट्रेलियाले १–० को अग्रता बनाएको छ। विश्वकपअन्तर्गत शनिबार ट्युनेसियाविरूद्धको दोस्रो खेलमा मिचेल ड्युकले २३ मिनेटमा सकरुजलाई अग्रता दिलाएका थिए।
उनले गुडविनको क्रसमा हेडिङमार्फत् गोल गरे। उनको यो गोल जारी विश्वकपको ५० औं गोल थियो। विश्वकपमा हेडिङमार्फत् गोल गर्ने उनी दोस्रो अस्ट्रेलियन खेलाडी बनेका छन्। यसअघि टिम काहिलले सन् २०१० मा सर्विया र २०१४ मा चिलीविरूद्ध हेडिङ गोल गरेका थिए।
समूह ‘डी’ को पहिलो खेलमा फ्रान्सबाट पराजय भोगिसकेको अवस्थामा अस्ट्रेलियाका लागि आजको खेल विश्वकपमा रहिरहन महत्वपूर्ण मानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।