• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मुस्ताङको राजनीतिमा ३ युवाले गरेको ‘हस्तक्षेप’

64x64
रिखिराम जिसी मंगलबार, मंसिर ६, २०७९  १०:३२
1140x725

पोखरा–प्रतिनिधि सभाका लागि निर्वाचित हुने पहिलो नाम हो योगेश गौचन। मुस्ताङमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका २९ वर्षीय गौचनले प्रभाशाली नेतालाई हराउँदै सघीय संसद्को यात्रा पक्का गरेका छन्। 

मुस्ताङमा प्रतिनिधि सभाका लागि मुस्ताङका जिल्ला सभापतिसमेत रहेका रोमी गौचनलाई प्रतिनिधिसभा र प्रदेशसभाको टिकट दिएर पठायो। रोमी आफैंले चुनाव लड्ने इच्छा जनाएनन्। उनले छोरालाई टिकट दिए। 

‘मैले आफ्नो छोरालाई नै टिकट दिन खोजेको थिइनँ, तर प्रेम तुलाचनसँग भिड्न कोही तयार भएनन्। मनोनयन गर्ने दिन १ बजे खाली टिकट हातमा आयो। सबैले योगेशलाई देखाएपछि उसैलाई टिकट दिएको हुँ,’ उनले भनेका थिए। 

एक आपसमा निर्वाचन लडेर १/१ पटक विजयी भएका रोमी र प्रेम २०७९ को प्रतिनिधि सभामा सँगै लड्ने अवसर मिलेन। रोमीले आफू नउठी पूर्व प्रतिस्पर्धी तुलाचनसँग प्रतिस्पर्धा गर्न छोरा योगेशलाई उठाए। तर पूर्वमन्त्री रोमी कार्यकर्ता र पार्टीको निर्णयानुसार छोरा उम्मेदवार बनेको बताउँछन्।

रोमीका छोराले टिकट पाउँदा धेरैले प्रेम तुलाचनको जित सुश्निचित रहेको आकलन गरेका थिए। तर धेरैको आकलन योगेश गौचनले गलत साबित गरिदिए। २०७४ को निर्वाचनमा आफ्नो बाबुलाई हराएर सांसद बनेका प्रेम तुलाचनलाई हराउँदै योगशले संसद्को यात्रा तय गरे। 

निर्वाचित भएका योगेश र पराजित तुलाचन नाताले साला–भेना हुन्। योगेशले तुलाचनलाई ९ सय १४ मतान्तरले पराजित गरे। ७ हजार २३० मत खसेको मुस्ताङमा योगेशले ३ हजार ९९२ मत र एमालेका तुलाचनले ३ हजार ७८ मत ल्याए। 

योगेश कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने कान्छा सांसद हुन्। विद्यार्थी राजनीतिबाट आएका उनी नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि छन्। उनी युवा उद्यमी पनि हुन्। भारतबाट बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका योगेश पछिल्लो समय राजनीतिमा सक्रिय छन्। मुस्ताङको लेतेमा उनको ‘कालोपानी गेस्ट हाउस’ नामक होटल पनि छ। 

चुनावमा योगेशले कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सीमाना जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने उल्लेख गर्दै आएका थिए। बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने र जोमसोम–कोरला सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका थिए।

Ncell 2
Ncell 2

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै योगेशले राजनीतिमा युवाहरुले हस्तक्षेप गर्न सक्छन भन्ने प्रमाणित भएको बताए। आफूले जनताको सेवक भएर काम गर्ने उनको भनाइ छ। उनले भने, ‘म तपाईं जनताको साथसाथै हिँड्नेछु। चाहे म गन्तव्यमा ढिलो किन नपुगुँ।’ 

४ दशक बढी कांग्रेस मुस्ताङको राजनीतिमा निर्वाचित योगेशका बुबा रोमीले बलियो पकड कायम राखेका थिए। रोमीले २०५६ र २०७० सालको निर्वाचनमा जितेका थिए। पूर्व मन्त्री समेत रहेका रोमी २०६४ र २०७४ मा चुनाव हारेका थिए।

रोमी वाणिज्य तथा आपूर्ति मन्त्री भइसकेका छन्। २०७० सालको निर्वाचनअघि पूर्व वाणिज्य मन्त्री गौचन र एमाले उम्मेदवार प्रेम दुवै नेपाली कांग्रेसमा थिए। तुलाचनले पार्टी सञ्चालनमा एकलौटी गरेको भन्दै त्यसबेला कांग्रेसबाट ठूलो पंक्ति लिएर प्रेमले विद्रोह गरे। 

२०७० सालको निर्वाचनमा कांग्रेसका एउटै घरका नेता एउटा कांग्रेस र अर्को बागी उम्मेदवार बने। कांग्रेसबाट रोमी र बागी बनेर प्रेम निर्वाचन लडे। तर, कांगेसका रोमीले प्रेमलाई झिनो मतान्तरले पराजित गरे। कांग्रेसका रोमी ०७० सालमा निर्वाचन जितेपछि मन्त्री बने। 

प्रेम एमालेमा प्रवेश गरे। ०७४ मा संघीय निर्वाचन भयो। प्रेमले ०७० सालको हारको बदला लिए। ०७४ मा रोमीलाई पराजित गरे। ०७४ मा ३ हजार ३ सय १७ मत प्राप्त गरी प्रेम विजयी भए। कांग्रेसका रोमीले २ हजार ८ सय ३२ मत प्राप्त गरेका थिए। यसपटक प्रत्यक्षमा उम्मेदवार हुने रुची नदेखाएका रोमीले समानुपातिकतर्फ पनि बस्ने इच्छा जनाएनन्।

मुस्ताङबाट निर्वाचित भएका ३ युवा 
प्रतिनिधि सभामा मुस्ताङबाट चुनाव लड्ने योगेश २८ वर्षका गौचन मात्र होइन प्रदेश सभामा पनि दुवै युवा नै विजयी भएका छन् । 

प्रदेशसभामा ‘१’ मा ३५ वर्षीय नन्दु गुरुङ र प्रदेश सभा ‘२’ बाट ३८ वर्षीय विकल शेरचन विजयी भएका छन्। यी दुवै नेपाली कांग्रेसबाट विजयी भएका हुन्। उनीहरु दुवै नयाँ अनुहार हुन्। गुरुङ १ हजार ४८ मत ल्याएर प्रदेश सभा १ मा विजयी भए। उनका प्रतिस्पर्धी एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मत ल्याए। विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए।

यस्तै, शेरचन एमालेका चन्द्रमोहन गौचनलाई १५८ मतको अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा विजयी भएका हुन्। कांग्रेसका शेरचनले २ हजार ७२३ र एमालेका गौचनले २ हजार ५६५ मत पाए । गौचन एमाले जिल्ला अध्यक्ष र २०७४ को निर्वाचनमा समानुपातिकतर्फ प्रदेश सांसद रहेका थिए।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १०:३२
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत यसअघि निर्वाचन आचारसंहिताबारे आयोगको केन्द्रीय कार्यालयले नै उजुरी लिँदै आएको थियो । यो निर्णयपछि सम्बन्धी जिल्लाबाटै आचारसंहिता उल्... मंगलबार, माघ १३, २०८२
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग त्यसबाहेक श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उम्मेदवार बनेका हर्क साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लग... मंगलबार, माघ १३, २०८२
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा प्रमुख आयुक्त... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी बुधबार, माघ १४, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्