• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मुस्ताङको राजनीतिमा ३ युवाले गरेको ‘हस्तक्षेप’

64x64
रिखिराम जिसी मंगलबार, मंसिर ६, २०७९  १०:३२
1140x725

पोखरा–प्रतिनिधि सभाका लागि निर्वाचित हुने पहिलो नाम हो योगेश गौचन। मुस्ताङमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका २९ वर्षीय गौचनले प्रभाशाली नेतालाई हराउँदै सघीय संसद्को यात्रा पक्का गरेका छन्। 

मुस्ताङमा प्रतिनिधि सभाका लागि मुस्ताङका जिल्ला सभापतिसमेत रहेका रोमी गौचनलाई प्रतिनिधिसभा र प्रदेशसभाको टिकट दिएर पठायो। रोमी आफैंले चुनाव लड्ने इच्छा जनाएनन्। उनले छोरालाई टिकट दिए। 

‘मैले आफ्नो छोरालाई नै टिकट दिन खोजेको थिइनँ, तर प्रेम तुलाचनसँग भिड्न कोही तयार भएनन्। मनोनयन गर्ने दिन १ बजे खाली टिकट हातमा आयो। सबैले योगेशलाई देखाएपछि उसैलाई टिकट दिएको हुँ,’ उनले भनेका थिए। 

एक आपसमा निर्वाचन लडेर १/१ पटक विजयी भएका रोमी र प्रेम २०७९ को प्रतिनिधि सभामा सँगै लड्ने अवसर मिलेन। रोमीले आफू नउठी पूर्व प्रतिस्पर्धी तुलाचनसँग प्रतिस्पर्धा गर्न छोरा योगेशलाई उठाए। तर पूर्वमन्त्री रोमी कार्यकर्ता र पार्टीको निर्णयानुसार छोरा उम्मेदवार बनेको बताउँछन्।

रोमीका छोराले टिकट पाउँदा धेरैले प्रेम तुलाचनको जित सुश्निचित रहेको आकलन गरेका थिए। तर धेरैको आकलन योगेश गौचनले गलत साबित गरिदिए। २०७४ को निर्वाचनमा आफ्नो बाबुलाई हराएर सांसद बनेका प्रेम तुलाचनलाई हराउँदै योगशले संसद्को यात्रा तय गरे। 

निर्वाचित भएका योगेश र पराजित तुलाचन नाताले साला–भेना हुन्। योगेशले तुलाचनलाई ९ सय १४ मतान्तरले पराजित गरे। ७ हजार २३० मत खसेको मुस्ताङमा योगेशले ३ हजार ९९२ मत र एमालेका तुलाचनले ३ हजार ७८ मत ल्याए। 

योगेश कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने कान्छा सांसद हुन्। विद्यार्थी राजनीतिबाट आएका उनी नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि छन्। उनी युवा उद्यमी पनि हुन्। भारतबाट बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका योगेश पछिल्लो समय राजनीतिमा सक्रिय छन्। मुस्ताङको लेतेमा उनको ‘कालोपानी गेस्ट हाउस’ नामक होटल पनि छ। 

चुनावमा योगेशले कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सीमाना जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने उल्लेख गर्दै आएका थिए। बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने र जोमसोम–कोरला सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै योगेशले राजनीतिमा युवाहरुले हस्तक्षेप गर्न सक्छन भन्ने प्रमाणित भएको बताए। आफूले जनताको सेवक भएर काम गर्ने उनको भनाइ छ। उनले भने, ‘म तपाईं जनताको साथसाथै हिँड्नेछु। चाहे म गन्तव्यमा ढिलो किन नपुगुँ।’ 

४ दशक बढी कांग्रेस मुस्ताङको राजनीतिमा निर्वाचित योगेशका बुबा रोमीले बलियो पकड कायम राखेका थिए। रोमीले २०५६ र २०७० सालको निर्वाचनमा जितेका थिए। पूर्व मन्त्री समेत रहेका रोमी २०६४ र २०७४ मा चुनाव हारेका थिए।

रोमी वाणिज्य तथा आपूर्ति मन्त्री भइसकेका छन्। २०७० सालको निर्वाचनअघि पूर्व वाणिज्य मन्त्री गौचन र एमाले उम्मेदवार प्रेम दुवै नेपाली कांग्रेसमा थिए। तुलाचनले पार्टी सञ्चालनमा एकलौटी गरेको भन्दै त्यसबेला कांग्रेसबाट ठूलो पंक्ति लिएर प्रेमले विद्रोह गरे। 

२०७० सालको निर्वाचनमा कांग्रेसका एउटै घरका नेता एउटा कांग्रेस र अर्को बागी उम्मेदवार बने। कांग्रेसबाट रोमी र बागी बनेर प्रेम निर्वाचन लडे। तर, कांगेसका रोमीले प्रेमलाई झिनो मतान्तरले पराजित गरे। कांग्रेसका रोमी ०७० सालमा निर्वाचन जितेपछि मन्त्री बने। 

Xtrem

Xtrem

प्रेम एमालेमा प्रवेश गरे। ०७४ मा संघीय निर्वाचन भयो। प्रेमले ०७० सालको हारको बदला लिए। ०७४ मा रोमीलाई पराजित गरे। ०७४ मा ३ हजार ३ सय १७ मत प्राप्त गरी प्रेम विजयी भए। कांग्रेसका रोमीले २ हजार ८ सय ३२ मत प्राप्त गरेका थिए। यसपटक प्रत्यक्षमा उम्मेदवार हुने रुची नदेखाएका रोमीले समानुपातिकतर्फ पनि बस्ने इच्छा जनाएनन्।

मुस्ताङबाट निर्वाचित भएका ३ युवा 
प्रतिनिधि सभामा मुस्ताङबाट चुनाव लड्ने योगेश २८ वर्षका गौचन मात्र होइन प्रदेश सभामा पनि दुवै युवा नै विजयी भएका छन् । 

प्रदेशसभामा ‘१’ मा ३५ वर्षीय नन्दु गुरुङ र प्रदेश सभा ‘२’ बाट ३८ वर्षीय विकल शेरचन विजयी भएका छन्। यी दुवै नेपाली कांग्रेसबाट विजयी भएका हुन्। उनीहरु दुवै नयाँ अनुहार हुन्। गुरुङ १ हजार ४८ मत ल्याएर प्रदेश सभा १ मा विजयी भए। उनका प्रतिस्पर्धी एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मत ल्याए। विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए।

यस्तै, शेरचन एमालेका चन्द्रमोहन गौचनलाई १५८ मतको अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा विजयी भएका हुन्। कांग्रेसका शेरचनले २ हजार ७२३ र एमालेका गौचनले २ हजार ५६५ मत पाए । गौचन एमाले जिल्ला अध्यक्ष र २०७४ को निर्वाचनमा समानुपातिकतर्फ प्रदेश सांसद रहेका थिए।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १०:३२
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता बुधबार, असोज २१, २०८३
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा बुधबार, असोज २१, २०८३
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार, असोज २१, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, असोज २१, २०८३
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्