गुल्मी– गुल्मी जिल्लामाको अर्बेनीमा स्थगित भएको मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको वडा नम्बर २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंसिर ४ मतदान स्थगित भएको थियो।
मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।
मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदातामध्ये मंसिर ४ गते ६६४ जनाले मतदान गरेका थिए।
मंगलबार बिहान ७ बजेदेखि मतदान सुरु भएकोकोमा डेढ घण्टाको अवधिमा १७१ मत खसेको मतदान अधिकृत नवराज भण्डारीले जानकारी दिए।
जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन्। जिल्लाका २७९ वटा मतदान केन्द्रमा भने आइतबार (मंसिर ४ गते) नै मतदान भएको थियो।
मतगणनाको ताजा अपडेट र विस्तृत विवरणका लागि लगइन गर्नुहोस्, https://election.nepallive.com/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।