• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ

64x64
रासस मंगलबार, कात्तिक २९, २०७९  १२:५३
1140x725

काठमाडौं– केही वर्षअघिसम्म ऊर्जा संकटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ।

नेपाल प्रदूषित ऊर्जा स्रोतहरुबाट स्वच्छ विद्युत् ऊर्जातर्फ छिटाभन्दा छिटो रुपान्तरणको दिशामा बढेको छ। यसले हरित गृह ग्यासको उत्सर्जन कम गर्नुका साथै आर्थिक जोखिमतालाई घटाउन पनि मद्दत पुग्दछ। 

नेपालको ९८ प्रतिशत विद्युत् उत्पादन जलविद्युत् र नवीकरणीय ऊर्जाका स्रोतहरुबाट हुने गर्दछ। यस्ता स्वच्छ ऊर्जाका स्रोतहरुबाट अहिले २२ सय मेगावाट विद्युत् आपूर्ति भइरहेको छ भने पाँच हजार मेगावाट निर्माणधीन रहेका छन्। 

त्यसैले देश विद्युत्‌बाट खाना पकाउन, विद्युतीय सवारी, औद्योगिक तथा व्यापारिक क्षेत्रमा आपूर्ति गर्ने सम्भावना रहेको छ भने कृषि क्षेत्रमा तताउन, चिस्याउन र पानी तान्न सकिन्छ। यसले गर्दा  नेपालको ऊर्जासँग सम्बन्धित क्षेत्रबाट हुने कार्बनडाइअक्साइडको उत्सर्जनलाई २०३० सम्म ८.६ मिलियन मेटिक टन र २०४५ सम्म ३५०० मिलियन मेट्रिक टन न्यूनीकरण गर्न सकिन्छ। 

यसबाहेक स्वच्छ ऊर्जा उत्पादनको उल्लेखनीय उपयोगबाट नेपालले दक्षिण एसियामै हरित गृह ग्यास उत्सर्जन कम गरी घरायसी उत्सर्जनलाई घटाउन सक्ने देखिन्छ। यसका लागि नेपालले सुक्खायाममा स्वच्छ ऊर्जाको व्यवस्थापन गर्नुपर्ने हुन्छ। यसो भएमा ४५ गिगावाट जलविद्युत् र नौ गिगावाट सौर्य ऊर्जाबाट प्रतिवर्ष नौ अर्ब अमेरिकी डलर बराबरको राजस्व आम्दानी हुन सक्छ।

यस्तो व्यापारले प्रतिवर्ष सय मिलियन टनभन्दा बढी कार्बनडाइअक्साइड उत्सर्जन घटाउन सकिन्छ। यसले कोइला बालेर र प्राकृतिक ग्यासका उत्पादन केन्द्रहरुबाट उत्पादन हुने उत्सर्जनलाई प्रतिस्थापन गर्न योगदान पुग्दछ।

नेपालले परम्परागत बायोमास र आयातीत इन्धनबाट स्वच्छ ऊर्जा स्रोतका रुपमा रुपान्तरण हुने हो भने नेट निरो उत्सर्जनको लक्ष्य हासिल गर्न यससम्बन्धी दीर्घकालीन रणनीति बनाउनुपर्ने विज्ञहरुको सुझाव छ। ऊर्जा क्षेत्रले नेपालको कूल उत्सर्जनको झन्डै ५४ प्रतिशत हिस्सा ओगट्ने कार्बनडाइअक्साइडको उत्सर्जनमा ठूलो योगदान दिन सक्ने देखिन्छ। 

हरितगृह अत्यन्त न्यून मात्र उत्सर्जन गर्ने नेपालले जलविद्युत् तथा नवीकरणीय ऊर्जाको उपयोग गरी देशभित्र ऊर्जाको माग पूरा गर्न र छिमेकी मुलुकहरूमा समेत निर्यात गरी त्यहाँको कोइला र प्राकृतिक ग्यासको खपत घटाई हरित गृह ग्यासको उत्सर्जनलाई न्यूनीकरण गराउन सहयोग गर्न सक्ने बारेमा यो दिवसमार्फत जानकारी गराउने अवसर प्राप्त हुने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

जलविद्युत्‌ले नेपालको विद्युत् प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको छ। यद्यपि, नेपालमा जलविद्युत् उत्पादनमा विविधता रहनु एउटा मुख्य चुनौतीको विषय रहेको छ। वर्षायाममा विद्युत् उत्पादन बढी हुने गर्दछ भने हिउँदको सुख्खायाममा आवश्यक विद्युत् उत्पादन हुन नसक्दा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको छ। नेपालको विद्युत् उत्पादन क्रमशः बढ्दै गएको छ, जसले बढ्दो विद्युत्को मागलाई धान्न सक्ने देखिन्छ। साथै, बढी भएको विद्युत् निर्यात गर्न सक्ने अवस्थामा रहे पनि यससम्बन्धी थप नीतिको खाँचो रहेको छ। 

नेपालले यस्ता चुनौती र अवसरहरुलाई आत्मसात् गर्दै ऊर्जा सम्मिश्रणबाट विद्युत् उत्पादनको कर्भलाई बिस्तारै बढाउँदै लैजान सकिन्छ। विद्युत्‌को बढ्दो मागलाई पूरा गरी अन्तरदेशीय ऊर्जा व्यापारलाई कार्यान्वयनमा ल्याउन सकिन्छ। नेपालले यहाँ रहेको सौर्य ऊर्जाको अपार सम्भावनालाई पनि उपयोग गरी सुख्खायाममा जब नदीहरुमा पानीको बहाव घट्दै जान्छ, त्यतिबेला जलविद्युत्को परिपूरकका रुपमा विद्युत् उत्पादन गर्न सकिन्छ।

जबकि नेपालमा सौर्य ऊर्जाको सम्भावना उच्च रहेको छ। यस अतिरिक्त विद्युत्‌को अभाव भएका क्षेत्रहरुमा ऊर्जा भण्डारण प्रणालीमार्फत् विद्युत् आपूर्ति गर्न सकिन्छ, जसले ग्रामीण क्षेत्रमा स्तरीय ऊर्जा वितरणलाई बढाउन मद्दत पुग्दछ र अतिरिक्त प्रसारण पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकतालाई कम गर्न सकिन्छ।  

ऊर्जा दिवसको अवसर
इजिप्टको शर्म अल शेखमा हाल जारी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २७औं सम्मेलन (कोप–२७) को अवसरमा आज आयोजना गरिने ऊर्जा दिवस नेपालका लागि निकै महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। ऊर्जाका विविध पक्ष र जलवायु परिवर्तनलगायत नवीकरणीय ऊर्जा र ऊर्जा सङ्क्रमणका बारेमा ऊर्जा दिवसका अवसरमा आयोजित कार्यक्रममा छलफल हुने बताइएको छ।

Xtrem

Xtrem

विशेषगरी ऊर्जा क्षेत्रमा हाल देखिएको सङ्क्रमण र भविष्यका लागि सम्भावित ऊर्जा स्रोतका रुपमा हरित हाइड्रोजनका बारेमा चर्चा हुनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहितको उच्चस्तरीय सरकारी अधिकारीहरु ऊर्जा दिवसमा सहभागी हुन इजिप्ट पुगिसकेको मन्त्रालयले जनाएको छ। 

गत वर्ष स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न कोप २६ का अवसरमा पहिलोपटक आयोजना गरिएको ऊर्जा दिवसमा नेपाल सरकारले सन् २०४५ सम्म नेट जिरो कार्बन उत्सर्जन गर्ने लक्ष्य घोषणा गरेको थियो। यद्यपि, नेपालको ऊर्जा क्षेत्र अहिले पनि परम्परागत बायोमास र आयातीत इन्धनमा नै निर्भर रहेको छ। यसले वातावरण, जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पुर्‍याएको छ। 

ऊर्जा दिवसका अवसरमा हरित ऊर्जा क्रान्ति तथा आर्थिक वृद्धि, समावेशिता र दिगो विकासका उद्देश्यहरू हासिल गर्न स्वदेशमै उत्पादन हुने विद्युत्को खपत वृद्धि गरी महङ्गो मूल्यमा आयात गरिने इन्धनलाई कम गर्न, स्वदेशी स्वच्छ ऊर्जाबाट बढ्दो ऊर्जाको माग पूरा गर्न र छिमेकी मुलुकहरूलाई विद्युत् निर्यात गरी असन्तुलित व्यापार घाटा कम गर्न एवं विदेशी मुद्रा आर्जन गर्न सक्ने सम्भावनाका बारेमा नेपालले आफ्नो धारणा राख्नेछ। नेपाललाई विश्व समुदायमा यस क्षेत्रमा भइरहेका कार्यहरुका बारेमा बुझ्ने अवसर मिलेको डा अधिकारीले बताए। 

स्वच्छ ऊर्जाको रुपान्तरणमा नेपालले विश्वमै नेतृत्व लिन सक्ने देखिन्छ। कोप २७ को अवसरमा आयोजित ऊर्जा दिवसले नेपालको यस सम्भावनालाई विश्वमा उजागर गर्ने अवसर दिएको छ। नेपाल ग्रिन ग्रिड इनिसेटिभ एन्ड पावरिङ पाष्ट कोल एलायन्समा सहभागी हुनाका साथै कोइलारहित प्रतिबद्धतामा हस्ताक्षर गर्ने अन्तिम चरणमा रहेको छ।

यससँगै ती प्रतिवद्धताहरुमा नेपालले कोप २७ मा स्वच्छ ऊर्जाका स्रोतहरुका लागि लगानी बढाउन के के कामहरु भएका छन् र स्वच्छ ऊर्जा व्यापार र उत्सर्जन न्यूनीकरणका लागि जलवायु नियमहरु के कति पालना भएका छन् भनेर सहभागी अन्य देशहरुसँग प्रश्न गर्न सक्नेछ। 

नेपालको ऊर्जा विकासका लागि मिश्रित स्वच्छ ऊर्जा विकास र रुपान्तरण अति नै महत्वपूर्ण विषय हो जसले क्षेत्रीय जलवायु न्यूनीकरणलाई अगाडि बढाउन मद्दत पुग्ने काठमाडौंस्थित बेलायती दूतावासका सस्टेनबल ग्रोथ टिमका प्रमुख हैडी ताभाकोली बताउँछन्। बेलायत सरकार नेपालको ऊर्जा क्षेत्रको विकास र जलवायुसम्बन्धी कार्यलाई अगाढिड बढाउन प्रतिबद्ध रहेको उनको भनाइ छ।  

बेलायतले नेपाल सरकारलाई बहुविकास साझेदारका रुपमा साझेदारीमा ग्रिड संरचना र नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम (एनआरइपी) मार्फत् स्वच्छ ऊर्जा सङ्क्रमणका लागि केही वर्षदेखि सहयोग गर्दै आएको छ। एनआरइपी नेपाल सरकार र संयुक्त अधिराज्य सरकारबीच भएको एक सम्झौताअनुसार कार्यान्वयन गरिएको छ। नेपाल सरकार/वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत् कार्यान्वयन गरिएको यो कार्यक्रममार्फत दिगो ऊर्जा चुनौती कोष सञ्चालन भएको छ। 

सार्वजनिक सहयोगबाट नेपालमा नवीकरणीय ऊर्जाको विकासका लागि पूर्ण रुपमा निजी क्षेत्रलाई सहयोग गर्न सञ्चालन भएको पहिलो कोष पनि हो। यस कोषबाट लगानी सहयोगमा देखिएको अन्तर कम गर्न, स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्न नवीकरणीय ऊर्जा एवं स्वच्छ ऊर्जा सङ्क्रमण परियोजनामा लगानी गर्न तथा आर्थिक वृद्धि र रोजगारी सिर्जनामा सहयोग गर्नेछ। यस कार्यक्रमअन्तर्गत हालसम्म सौर्य रुफटप परियोजना, सौर्य सिँचाइ परियोजना र बजारमा आधारित अवधारणामार्फत छ हजारभन्दा बढी विद्युतीय चुलो जडान गरिएको छ। 

विद्युत्‌को अधिकतम् प्रयोग गरी केही वर्षभित्रै सम्पूर्ण नेपालीलाई स्वच्छ विद्युतीय ऊर्जा उपलब्ध गराउन सकिने अवस्था रहेको सचिव घिमिरेले बताउँछन्। विश्वका धेरै मुलुकको सहभागिता रहेको कोपजस्ता अन्तराष्ट्रिय मञ्चहरुमा नेपालले हरित गृह ग्यासको उत्सर्जन कम गर्न स्वच्छ ऊर्जा स्रोतहरुमा लगानीका लागि आग्रह गर्न तथा अन्य देशमा हरित ऊर्जाको व्यापार एवं उत्सर्जन घटाउने पहिचान गराउन सकिने उनको भनाइ छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने हाललाई ट्र्याक निर्माणको काम रोकेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनाएक... बुधबार, असोज ७, २०८३
बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल सञ्चालनमा बाढीले पुलका लठ्ठा बटारिएपछि सरकारले ती लठ्ठा सोझ्याउनुका साथै ह्यान्ड रेल केबल फेरेको थियो। स्टिल डेक र बिम जडान तथा जाली राख्ने का... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी बुधबार, असोज ७, २०८३
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा बुधबार, असोज ७, २०८३
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्