• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य

64x64
नेपाल लाइभ बुधबार, असोज ७, २०८३  १९:१३
1140x725

काठमाडौं– जापानका रोजगारदाताबाट नेपाली कामदारको माग ल्याएर म्यानपावर कम्पनीमार्फत कामदार पठाउने भन्दै नेपाली कामदारसँग चर्को रकम असुल्ने गरेको आरोप लागेका जापानी बिचौलिया यामानो शिनिचिरोसँग नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सहकार्य गर्न लागेको भन्दै संघकै पदाधिकारी असन्तुष्ट बनेका छन्।

जापानका विभिन्न कम्पनीबाट कामदारको माग ल्याएर नेपाली म्यानपावर कम्पनीलाई उपलब्ध गराउने र रोजगारदाताले सम्पूर्ण खर्च व्यहोरेर कामदार निःशुल्क जापान जानुपर्ने व्यवस्थाका बाबजुद यामानोले कामदारसँग प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म उठाउने गरेको व्यवसायीहरूको आरोप छ। यामानोसँग संघले सहकार्य गर्न लागेको विषयमा भने संघभित्रै असन्तुष्टि देखिएको व्यवसायीहरूको भनाइ छ।

संघका महासचिव हिराबहादुर डाँगी (हरि)ले भने संघको पहलमा जापानी रोजगारदाता कम्पनी र नेपालका इजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायी संस्थाबीच रोजगार मेला सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताएका छन्। डाँगीका अनुसार २०२६ नोभेम्बरमा नेपालमा रोजगार मेला (Job Fair) सञ्चालन गर्ने सम्बन्धमा जापानका रोजगारदाता कम्पनी तथा नेपाली इजाजतपत्रवाला व्यवसायीबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

महासचिव डाँगीले व्यवसायीहरूलाई जानकारी गराउँदै भनेका छन्, “नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा २०२६ नोभेम्बर महिनामा जापानका रोजगारदाता कम्पनीहरू तथा नेपालका इजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायी संस्थाहरूबीच नेपालमा रोजगार मेला (Job Fair) सञ्चालन गर्ने सम्बन्धमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।”

उनका अनुसार उक्त छलफलमा जापानका रोजगारदाता कम्पनीहरूको प्रत्यक्ष सहभागितामा नेपाली श्रमिकका लागि रोजगारीका अवसर सिर्जना गर्ने, रोजगारदाता र नेपालका इजाजतपत्रवाला संस्थाबीच समन्वय तथा सहकार्य गर्ने र रोजगार मेलालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा विस्तृत छलफल भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यता, व्यवसायीहरूका अनुसार यामानो हरेक तीन महिनामा नेपाल आउने गरेका छन्। नेपाल आएर कामदारसँग गैरकानुनी रूपमा रकम उठाउने र हुन्डीमार्फत रकम जापान लैजाने गरेको आरोपसमेत उनीमाथि लागेको छ।

यामानोले यसअघि पनि विभिन्न नेपाली म्यानपावर कम्पनीसँग जापानमा कामदारको माग ल्याइदिने भन्दै १० लाखदेखि १५ लाख रुपैयाँसम्म रकम लिएको व्यवसायीहरूको दाबी छ। तर, प्रतिबद्धताअनुसार माग नल्याएपछि सम्बन्धित म्यानपावर कम्पनीलाई रकम फिर्ता गरेको उनीहरूको भनाइ छ।

नेपालमा यामानोलाई रमेश लामाले समन्वय तथा सहयोग गर्ने गरेको व्यवसायीहरूको आरोप छ। संघकै पूर्वएक पदाधिकारीले आफूले समेत यामानोलाई ६ महिनाअघि १५ लाख रुपैयाँ दिएको दाबी गरे।

Xtrem
Xtrem

“६ महिनाअघि डिमाण्ड ल्याइदिने भनेर उनले मसँग १५ लाख लिए। तर डिमाण्ड नल्याएपछि उनले त्यो रकम फिर्ता गरे। उनको शर्त डिमाण्ड ल्याएबापत कामदारबाट पैसा उठाएर दिनुपर्ने रहेछ,” ती पूर्वपदाधिकारीले भने।

नेपाल सरकारले जापानमा दक्ष कामदार पठाउने सम्बन्धमा तयार गरेको कार्यविधिअनुसार कामदारको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्था छ। यस्तो व्यवस्थाबीच कामदारबाट लाखौं रुपैयाँ असुल्ने गतिविधि भएमा त्यसले जापान रोजगारीको ‘निःशुल्क’ प्रक्रियामाथि प्रश्न उठाउने व्यवसायीहरूको भनाइ छ।

“सहकार्य गर्नुअघि त्यो व्यक्तिको पृष्ठभूमि पनि हेरिनुपर्छ। उनी हरेक तीन महिनामा नेपाल आएर के गतिविधि गरिरहेका छन्, कामदार लैजाने प्रक्रिया कस्तो छ, बरु त्यो पो संघले हेर्नुपर्छ। त्यस विषयमा पो चनाखो हुनुपर्छ,” एक व्यवसायीले भने।

संघले यामानो शिनिचिरोसँगको सहकार्यको ठ्याक्कै प्रकृति, उनको भूमिका, कामदारबाट रकम उठाउने विषयमा लागेको आरोप र संघले अपनाउने निगरानी संयन्त्रबारे भने थप स्पष्ट धारणा सार्वजनिक गर्न बाँकी छ।
 

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल
सम्बन्धित सामग्री
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य जापानका विभिन्न कम्पनीबाट कामदारको माग ल्याएर नेपाली म्यानपावर कम्पनीलाई उपलब्ध गराउने र रोजगारदाताले सम्पूर्ण खर्च व्यहोरेर कामदार... बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत अहिले देशभर पालिका तहको अधिवेशन चलिरहेको छ। जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ ग... बुधबार, असोज ७, २०८३
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा मंगलबार कतार एयरलाइन्समार्फत नेपालबाट प्रस्थान गरेका प्रधानमन्त्री शाह कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक बुधबार, असोज ७, २०८३
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा बुधबार, असोज ७, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल बुधबार, असोज ७, २०८३
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्