• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २८, २०८२ Fri, Nov 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

आचारसंहिताको धज्जी उडाउँदै दलहरु, उल्लंघन गर्नेमा रवि लामिछाने पनि! 

64x64
रिखिराम जिसी सोमबार, कात्तिक २८, २०७९  ०६:२८
1140x725

पोखरा– वैकल्पिक राजनीति गर्ने भन्दै पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछाने बिहीबार पोखराको आम सभामा सहभागी हुन पोखरा आए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने मोटरसाइकल र्‍यालीसहित आमसभामा सहभागी भए। जुन निर्वाचन आचारसंहिता विपरीत हो। 

निर्वाचन आचारसंहिताले चारपाङ्ग्रे गाडी, मोटरसाइकल, बयलगाडा, रिक्सा, टाँगा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचार गर्न रोक लगाएको छ। 

निर्वाचन आचारसंहिता २०७९ को दफा १३ को उपदफा (१) देहाय ‘द’ मा कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचार गर्न नहुने उल्लेख छ। 

एमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की २ बाट उम्मेदवार बनेकी विद्या भट्टराई र प्रदेश सभा सदस्यका लागि कास्की २ प्रदेशसभा ‘२’ बाट उम्मेदवार बनेकी मीना गुरुङ शनिबार पोखरा ९ नयाँबजार क्षेत्रमा घरदैलो गर्दै थिए। उनीहरु साउन्ड सिस्टम, दलको झन्डासहित सवारी साधन प्रयोग गर्दै घरदैलो गरिरहेका थिए। उक्त क्षेत्रमा शनिबारै गठबन्धनका उम्मेदवारहरु श्रीनाथ बराल, बिन्दु थापाको प्रचार गर्दै चर्को ध्वनिसहित गाडी गुडिरहेको थियो। 

निर्वाचन नजिकिएसँगै कास्कीमा निर्वाचन आचारसंहिता उल्लघंन गर्नेको प्रतिस्पर्धा नै चलेको छ। दलहरुले निर्वाचन आचारसंहिताविपरीत सवारी साधनमा ब्यानर, फ्लेक्स बोर्ड, लोगो, निर्वाचन चिह्न भएका स्टिकर, साउन्ड सिस्टम प्रयोग गरेको दिनहुँजसो नै देख्न सकिन्छ। 

निर्वाचनको मिति नजिकिएसँगै आचारसंहिता विपरीतका कार्यहरु पनि बढेका छन्। तर, दलहरु त्यसलाई स्वीकार गर्न तयार छैनन्। 

नेकपा एमाले जिल्ला कमिटी कास्कीका सचिव बैनबहादुर अधिकारी क्षेत्री आफ्ना उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरीतको कार्य नगरेको दाबी गर्छन्। ‘हामीले आचारसंहिताको पालना गरेका थियौं, अरु राजनीतिक पार्टीहरुले पालना गरिएको देखिएन, नदेखिएपछि राजनीतिक रुपमा हामीहरुलाई कार्यकर्ताबाट प्रेसर भइसकेपछि पनि हामीले रोक्ने काम गर्‍यौं,’ उनले भने। 

पार्टीबाट केही त्रुटि भएको भए पनि सच्याउनु पर्ने अधिकारीको भनाइ छ। ‘निर्वाचन प्रचारका क्रममा के भएको रैछ म बुझ्छु। आचारसंहिताको पालना गर्नुपर्छ भन्ने मान्यता नै छ, कहिँ त्रुटि भएको छ भने सच्च्याउनुपर्छ,’ उनले भने। 

Ncell 2
Ncell 2

निर्वाचन आयोगबाट आचारसंहिता उल्लघंन गर्नेहरुलाई स्पष्टीकरण सोध्ने काम समेत नगरेको एमाले सचिव अधिकारीले बताए। ‘मोटरसाइकल र्‍याली भयो, त्यो पनि हामीले कुरा गर्‍यौं केही भएन, अन्य पार्टीले गरेका उल्लघंनका सामग्री लगेर पेस गर्‍यौं। त्यसको पनि केही एक्सन भएन,’ उनले भने, ‘त्यसो भएर हामीलाई शंका लागेको छ। गठबन्धनका पार्टीहरुबाट निर्वाचन आयोग प्रभावित त भएको छैन ? त्यो पो शंका लाइराखेको छ।’ 

प्रचारमा सहभागी अधिकांशलाई आचारसंहिताबारे थाहा नहुँदा उल्लघंनका घटना बढेको पृथ्वीनारायण क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक कपिलनाथ दाहालले बताए। 

‘उम्मेदवारको प्रचारमा हिँड्नेलाई सोध्ने हो भने उनीहरुलाई आचारसंहिताका प्रावधानहरु थाहा नै छैन, के–के छ राजनीतिक दलहरुले पालना गर्नुपर्ने, कति खर्च गर्न पाउनुहुन्छ, कति जना हिँड्न पाउनुहुन्छ तपाईंलाई थाहा छ? भनेर सोध्ने हो भने मान्छेहरुलाई थाहा छैन, जसले उल्लघंनका घटना बढेको छ,’ उनले भने। 

निर्वाचन आयोगले पनि सही भूमिका निर्वाह नगर्दा आचारसंहिता उल्लघंन भएको प्राध्यापक दाहाल बताउँछन्। ‘उल्लघंनका घटना बढ्नुको कारण के हो भने निर्वाचन आयोगले आचारसंहिता बनाइदियो उसको ड्युटी सकियो। उनीहरुले राजनीति दललाई भनेको पाइँदैन, माथिल्लो तहले हेरेको सतर्क हुने आफ्नो ठाउँमा होला, वेबसाइटमा कतिले हेर्छन्, कतिले चासो राख्छन् त्यसकारण चुनावमा हिँड्ने नै हो भनेर मानिसहरु हिँड्छन्। के गर्न पाइन्छ के गर्न पाइन्न त्यो थाहा हुँदैन,’ उनले भने। 

निर्वाचन आचारसंहिता सामाजिकीकरण नहुँदा कार्यान्वयनमा समस्या आएको प्राध्यापक दाहाल बताउँछन्। ‘यो बनाएको पनि राजनीतिक दलहरुले हो, उल्लघंन गर्ने पनि राजनीतिक दलहरुले नै हो। बनाउने बेला सहमति गरिहाले, कतिपय कुराहरु लिएर हिँड्दा अली अप्ठेरो हुन्छ। माथिल्लो लेभलबाट बनाइन्छ, तर कार्यान्वयन हुने चाहिँ फिल्ड लेभलबाट हो। फिल्डमा पुगिसकेपछि कार्यान्वयन हुन गाह्रो हुन्छ,’ दाहालले भने। 

आचारसंहिता अनुगमन समिति सदस्य राम शर्मा आचारसंहिता उल्लघंनका घटनाहरुमा निरन्तर अनुगमन गरिरहेको दाबी गर्छन्। ‘उल्लघंनका उजुरी तथा गुनासोहरु संकलन गरेका छौं। समाधन हुने विषयलाई समाधान गरिएको छ। समाधान नहुने विषय आयोगमा पठाइएका छौं,’ उनले भने। 

आचारसंहिता उल्लघंन गर्नेलाई चुनावपछि पनि कारबाही हुने सदस्य शर्माले बताए। ‘आचारसंहिता पालना गर्ने हामी सबैले हो, उल्लघंन गर्नेलाई कारबाही हुन्छ, त्यसको कानुनी प्रक्रिया छ,’ उनले भने, ‘केही गुनासा आएका छन्। चुनावपछि पनि कारबाही हुन्छ।’

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ०६:२८
  • #चुनाव_२०७९
  • #आचारसंहिता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप दे... शुक्रबार, कात्तिक २८, २०८२
कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। बिहीबार, असोज ९, २०८२
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
ताजा समाचारसबै
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी शुक्रबार, कात्तिक २८, २०८२
थुनामा रहेका अहिराजको मिसिल झिकाउन सर्वोच्चको आदेश शुक्रबार, कात्तिक २८, २०८२
सन्तोष परियारको राजीनामा पत्र : ‘नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन’ शुक्रबार, कात्तिक २८, २०८२
चुनावका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू शुक्रबार, कात्तिक २८, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
मधेश प्रदेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, प्रदेशसभाभित्रै सांसदहरुबीच हात हालाहाल बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्