• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

आचारसंहिताको धज्जी उडाउँदै दलहरु, उल्लंघन गर्नेमा रवि लामिछाने पनि! 

64x64
रिखिराम जिसी सोमबार, कात्तिक २८, २०७९  ०६:२८
1140x725

पोखरा– वैकल्पिक राजनीति गर्ने भन्दै पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछाने बिहीबार पोखराको आम सभामा सहभागी हुन पोखरा आए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने मोटरसाइकल र्‍यालीसहित आमसभामा सहभागी भए। जुन निर्वाचन आचारसंहिता विपरीत हो। 

निर्वाचन आचारसंहिताले चारपाङ्ग्रे गाडी, मोटरसाइकल, बयलगाडा, रिक्सा, टाँगा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचार गर्न रोक लगाएको छ। 

निर्वाचन आचारसंहिता २०७९ को दफा १३ को उपदफा (१) देहाय ‘द’ मा कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचार गर्न नहुने उल्लेख छ। 

एमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की २ बाट उम्मेदवार बनेकी विद्या भट्टराई र प्रदेश सभा सदस्यका लागि कास्की २ प्रदेशसभा ‘२’ बाट उम्मेदवार बनेकी मीना गुरुङ शनिबार पोखरा ९ नयाँबजार क्षेत्रमा घरदैलो गर्दै थिए। उनीहरु साउन्ड सिस्टम, दलको झन्डासहित सवारी साधन प्रयोग गर्दै घरदैलो गरिरहेका थिए। उक्त क्षेत्रमा शनिबारै गठबन्धनका उम्मेदवारहरु श्रीनाथ बराल, बिन्दु थापाको प्रचार गर्दै चर्को ध्वनिसहित गाडी गुडिरहेको थियो। 

निर्वाचन नजिकिएसँगै कास्कीमा निर्वाचन आचारसंहिता उल्लघंन गर्नेको प्रतिस्पर्धा नै चलेको छ। दलहरुले निर्वाचन आचारसंहिताविपरीत सवारी साधनमा ब्यानर, फ्लेक्स बोर्ड, लोगो, निर्वाचन चिह्न भएका स्टिकर, साउन्ड सिस्टम प्रयोग गरेको दिनहुँजसो नै देख्न सकिन्छ। 

निर्वाचनको मिति नजिकिएसँगै आचारसंहिता विपरीतका कार्यहरु पनि बढेका छन्। तर, दलहरु त्यसलाई स्वीकार गर्न तयार छैनन्। 

नेकपा एमाले जिल्ला कमिटी कास्कीका सचिव बैनबहादुर अधिकारी क्षेत्री आफ्ना उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरीतको कार्य नगरेको दाबी गर्छन्। ‘हामीले आचारसंहिताको पालना गरेका थियौं, अरु राजनीतिक पार्टीहरुले पालना गरिएको देखिएन, नदेखिएपछि राजनीतिक रुपमा हामीहरुलाई कार्यकर्ताबाट प्रेसर भइसकेपछि पनि हामीले रोक्ने काम गर्‍यौं,’ उनले भने। 

पार्टीबाट केही त्रुटि भएको भए पनि सच्याउनु पर्ने अधिकारीको भनाइ छ। ‘निर्वाचन प्रचारका क्रममा के भएको रैछ म बुझ्छु। आचारसंहिताको पालना गर्नुपर्छ भन्ने मान्यता नै छ, कहिँ त्रुटि भएको छ भने सच्च्याउनुपर्छ,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

निर्वाचन आयोगबाट आचारसंहिता उल्लघंन गर्नेहरुलाई स्पष्टीकरण सोध्ने काम समेत नगरेको एमाले सचिव अधिकारीले बताए। ‘मोटरसाइकल र्‍याली भयो, त्यो पनि हामीले कुरा गर्‍यौं केही भएन, अन्य पार्टीले गरेका उल्लघंनका सामग्री लगेर पेस गर्‍यौं। त्यसको पनि केही एक्सन भएन,’ उनले भने, ‘त्यसो भएर हामीलाई शंका लागेको छ। गठबन्धनका पार्टीहरुबाट निर्वाचन आयोग प्रभावित त भएको छैन ? त्यो पो शंका लाइराखेको छ।’ 

प्रचारमा सहभागी अधिकांशलाई आचारसंहिताबारे थाहा नहुँदा उल्लघंनका घटना बढेको पृथ्वीनारायण क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक कपिलनाथ दाहालले बताए। 

‘उम्मेदवारको प्रचारमा हिँड्नेलाई सोध्ने हो भने उनीहरुलाई आचारसंहिताका प्रावधानहरु थाहा नै छैन, के–के छ राजनीतिक दलहरुले पालना गर्नुपर्ने, कति खर्च गर्न पाउनुहुन्छ, कति जना हिँड्न पाउनुहुन्छ तपाईंलाई थाहा छ? भनेर सोध्ने हो भने मान्छेहरुलाई थाहा छैन, जसले उल्लघंनका घटना बढेको छ,’ उनले भने। 

निर्वाचन आयोगले पनि सही भूमिका निर्वाह नगर्दा आचारसंहिता उल्लघंन भएको प्राध्यापक दाहाल बताउँछन्। ‘उल्लघंनका घटना बढ्नुको कारण के हो भने निर्वाचन आयोगले आचारसंहिता बनाइदियो उसको ड्युटी सकियो। उनीहरुले राजनीति दललाई भनेको पाइँदैन, माथिल्लो तहले हेरेको सतर्क हुने आफ्नो ठाउँमा होला, वेबसाइटमा कतिले हेर्छन्, कतिले चासो राख्छन् त्यसकारण चुनावमा हिँड्ने नै हो भनेर मानिसहरु हिँड्छन्। के गर्न पाइन्छ के गर्न पाइन्न त्यो थाहा हुँदैन,’ उनले भने। 

निर्वाचन आचारसंहिता सामाजिकीकरण नहुँदा कार्यान्वयनमा समस्या आएको प्राध्यापक दाहाल बताउँछन्। ‘यो बनाएको पनि राजनीतिक दलहरुले हो, उल्लघंन गर्ने पनि राजनीतिक दलहरुले नै हो। बनाउने बेला सहमति गरिहाले, कतिपय कुराहरु लिएर हिँड्दा अली अप्ठेरो हुन्छ। माथिल्लो लेभलबाट बनाइन्छ, तर कार्यान्वयन हुने चाहिँ फिल्ड लेभलबाट हो। फिल्डमा पुगिसकेपछि कार्यान्वयन हुन गाह्रो हुन्छ,’ दाहालले भने। 

आचारसंहिता अनुगमन समिति सदस्य राम शर्मा आचारसंहिता उल्लघंनका घटनाहरुमा निरन्तर अनुगमन गरिरहेको दाबी गर्छन्। ‘उल्लघंनका उजुरी तथा गुनासोहरु संकलन गरेका छौं। समाधन हुने विषयलाई समाधान गरिएको छ। समाधान नहुने विषय आयोगमा पठाइएका छौं,’ उनले भने। 

आचारसंहिता उल्लघंन गर्नेलाई चुनावपछि पनि कारबाही हुने सदस्य शर्माले बताए। ‘आचारसंहिता पालना गर्ने हामी सबैले हो, उल्लघंन गर्नेलाई कारबाही हुन्छ, त्यसको कानुनी प्रक्रिया छ,’ उनले भने, ‘केही गुनासा आएका छन्। चुनावपछि पनि कारबाही हुन्छ।’

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ०६:२८
  • #चुनाव_२०७९
  • #आचारसंहिता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
ईशानले ३ महिने ‘नेपाल ई–स्पोर्ट्स लिग’ गर्ने सोमबार, भदौ २९, २०८३
भोटेकोशी बाढीमा अहिलेसम्म १ हजार ३९० जनाको शव फेला सोमबार, भदौ २९, २०८३
२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्प भन्छन्, ‘अहिले कुनै निर्णय भएको छैन’ सोमबार, भदौ २९, २०८३
आगामी निर्वाचनमा रास्वपाले व्यक्ति विशेषभन्दा सोच र क्षमता भएको उम्मेदवार चयन गर्छ : बलायर सोमबार, भदौ २९, २०८३
काठमाडौंको बन्द कोठामा बसेर पाठ्यक्रम निर्माण गर्ने अभ्यास अन्त्य गर्नुपर्छ : शिक्षामन्त्री सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्