काठमाडौं– कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ का लागि पोर्चुगलको टोली घोषणा भएको छ।
क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोली घोषणा भएको हो। रोनाल्डोसँगै फर्वार्डमा जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस र आन्द्रे सिल्भा छन्। घाइते फरवार्ड डिएगो जोटाले भने विश्वकप गुमाउने भएका छन्।
मिडफिल्डिङमा विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हा समेटिएका छन्। अनुभवी मिडफिल्डर जोआओ माउटिन्हो, गोन्कालो गुएडेस र पिएसजीका मिडफिल्डर रेनाटो सान्चेसले टोली स्थान बनाउन सकेनन्।
डिफेन्डरमा जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा र एन्टोनियो सिल्भा छन्।
यस्तै, गोलकिपर डिओगो कोस्ट, रुई प्याट्रिसियो र जोसे सा छन्।
समूह ‘एच’ मा रहेको पोर्चुगलले कतार विश्वकपको पहिलो खेल मंसिर ८ गते घानासँग खेल्ने छ।
पोर्चुगल टिम |
गोलकिपर |
डिओगो कोस्ट, रुई प्याट्रिसियो, जोसे सा |
डिफेन्ड |
जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा र एन्टोनियो सिल्भा |
मिडफिल्डर |
विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हा |
फरवार्ड |
जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भा |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।