• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

होला त मंसिर १४ मै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान?

64x64
रिखिराम जिसी बुधबार, कात्तिक २३, २०७९  १६:१०
1140x725

पोखरा– नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मंसिर १४ गते परीक्षण उडान गर्ने तयारी गरेको छ। प्राधिकरणले परीक्षण उडानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको मंगलबार नै जनाएको हो। तर, विमानस्थल सञ्चालनमा देखिएका समस्याहरू नपन्छाउँदै प्राधिकरणले भनेअनुसार मंसिर १४ गते विमानस्थलबाट परीक्षण उडान गर्ला त? यो प्रश्न उठिरहेको छ।

विमानस्थल सञ्चालनका लागि बाधक पूर्वपट्टीको रिठ्ठेपानी डाँडा कटानको काम सोमबारमात्रै सुरु भएको छ। ल्यान्डफिल साइटको पनि अहिलेसम्म टुंगो लागेको छैन। विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक र तेल भर्न आवश्यक आयल डिपो बन्न सकेका छैनन्। रिठेपानी डाँडा १४ मिटर कटान गरेपछि परीक्षण उडान गर्न मिल्ने पोखरा विमानस्थलका इन्जिनियर कृष्ण पौडेलले बताए। ‘डाँडा कटानको समस्या हो, जुन कटानका लागि सुरु भइसकेको छ, १४ मिटर कटान भएपछि परीक्षण उडान गर्न मिल्छ’, उनले भने। 

इन्धनको व्यवस्था पुरानो विमानस्थलको आयल डिपोबाट व्यवस्था गर्ने पौडेलेले बताए। डिपोको कुरा छ, नयाँ डिपो नबनुन्जेलसम्म पुरानो विमानस्थलको डिपोबाट व्यवस्था गरिदिन्छु भनेका छन्’, उनले भने । विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक निर्माण भएको छैन। ब्यारेक अस्थायी भवनबाट व्यवस्थापन गर्ने इन्जिनियर पौडेलले बताए। ल्यान्डफिल साइटले परीक्षण उडानमा अवरोध नगर्ने उनको आश्वासन छ। ‘महानगरपालिकाले तपाईं डाँडा काट्नुस्, तपाईंहरूलाई हाम्रो कारण रोकिनु पर्दैन भन्नुभएको छ’, उनले भने। 

यद्यपि, ल्यान्डफिल साइटको अझै टुंगो लागेका छैन। पोखरा महानगरपालिका मेयर धनराज आचार्य ल्यान्डफिल साइट टुंगो लगाउन आन्तरिक तयारीमा रहेको बताउँछन्। प्राधिकरणले मंसिर १४ गते परीक्षण उडानका लागि तयारी गरेको छ, त्यो बेलासम्म ल्यान्डफिल साइट टुंगो लाग्छ? भन्ने प्रश्नमा मेयर आचार्यले भने, ‘पर्दैन भन्नुभएको छ उहाँहरूले हामीलाई दिएको समय पुस १६ को हो। त्योभन्दा अगाडि नै हामी विकल्प खोज्छौंं।’ 

यता, मेयर आचार्यले भने ल्यान्डफिल साइट नचाहिने गरी तयारी सुरु गरिएको बताए। त्यसका लागि टेन्डर प्रक्रियाको जाने अवस्थामा पुगेको उनकोे भनाइ छ। ‘अहिले हामी जे तयारी गरेका छौं। एउटा निष्कर्षमा पुग्न ल्यान्डफिल साइट नचाहिने गरी हाम्रो तयारी छ।  रिसाइकल गर्ने, रियुज गर्ने, रिडियुस गर्ने भन्ने तयारीबाट गएका छौं तर त्यो नतिजा निकाल्न केही दिन लाग्छ’, उनले भने, ‘अहिले टेन्डरको प्रक्रियामा जाने अवस्थामा पुगेका छौँ।’ 

ल्यान्डफिल साइटको अल्पकालीन समाधानका लागि तयारी गरेको मेयर आचार्यले जिकिर गरे। ‘ल्यान्डफिल साइट नचाहिने गरी तयारी छ, त्यसका लागि केही समय लाग्छ, सो समयको अल्पकालीन समाधान खोज्नुपर्ने हुन्छ। त्यसका लागि पनि तयारी गरेका छौं’, उनले भने । 

परीक्षण उडानका लागि मंसिर ९ गते एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउने तयारी छ। उक्त जहाजले परीक्षण उडानमार्फत विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे नगरेका विषयमा जाँच गर्नेछ। उड्डयन प्राधिकरणका अनुसार एरो थाईको जहाजले एकसाता पोखरा विमानस्थलमा परीक्षण उडान गर्नेछ। 

सोही कम्पनीले गत वर्ष फागुन ६ मा मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो। एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

पोखरा महानगरपालिका वडा नम्बर १४ मा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले ०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम सुरु गरेको थियो। विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो। सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समय सीमाभन्दा ६ महिनाअघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको थियो। कोभिडका कारण विमानस्थल निर्माण ढिला पूरा भएको हो। निर्माण कम्पनीका तर्फबाट चिनियाँ सरकारले विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। 

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मादण्डअनुसार फोरडी मोडलमा बनेको पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन्। करिब ३ हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलमा २ हजार ५ सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टी मिटर छ। एटीसी टावर, सातवटा भवन, एउटा ह्यांगर पनि निर्माण गरिएको छ। चिनियाँ ऋण सहयोगको २२ अर्ब रुपैयाँमा पोखरा विमानस्थल निर्माण भएको हो। 

रिठ्ठेपानी डाँडा कटान सुरु 

रिठ्ठेपानी डाँडा कटानको काम सुरु भएको छ। आगामी पुस ५ गते सक्नेगरी सोमबारबाट कटान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। उनका अनुसार ४० मिटर डाँडा कटानका लागि स्वीकृत भएपनि १४ मिटर काटेपछि नै परीक्षण उडान गर्न सकिने भएकाले १४ मिटर डाँडा कटानको काम सकिएलगत्तै विमानस्थलमा परीक्षण उडान गर्नेछ। 

प्राधिकरणले डाँडा कटानका लागि अर्थवर्क इन रिठ्ठेपानी डाँडा एन्ड स्ट्याबिलाइजेसन एन्ड अदर एसोसिटसँग २८ करोड ५८ लाखमा सम्झौता गरेको छ। ‘विमानस्थलको उडान तथा अवतरण जोखिम हुने देखिएको रिठ्ठेपानी डाँडा अधिकतम ४० मिटरसम्म कटान गर्नुपर्छ। १४ मिटर डाँडा कटान गरिसकेपछि जतिसक्दो चाँडो परीक्षण उडान गर्ने तयारी छ,’ भुलले भने। 

यो पनि पढ्नुहोस

पोखरा विमानस्थलको ‘बाधक’ हटाउनै सकस


 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १६:१०
  • #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) डोल्पाको ठुलीभेरी नगरपालिका–८ स्थित जुफाल विमानस्थल पुग्ने यात्रुलाई मुकुटेश्वरी हिमालको मनमोहक दृश्यले सहजै आकर्षित गर्छ। शुक्रबार, असोज २, २०८३
काँक्रेविहारमा लगानी बढाउँदै कर्णाली, पर्यटन गन्तव्य बनाउने तयारी सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार अहिले केवल पूजा–आराधना गर्ने धार्मिक स्थलको रुपमा नभई ऐतिहासिक महत्त्व बोकेको छ। आइतबार, भदौ २८, २०८३
पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा छ। सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्