• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

राजनीतिक पुस्तान्तरणको संक्रमणकालीन समय

64x64
किशोर दहाल सोमबार, कात्तिक २१, २०७९  १२:२६
1140x725

काठमाडौं- गत कात्तिक ९ गते चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ मा हुने निर्वाचन आफ्ना लागि अन्तिम भएको बताए। ‘सायद अबको निर्वाचन मेरा लागि अन्तिम हुन पनि सक्छ, तर म चितवन छोड्दिनँ। चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस्, म चितवन छोडेर अन्त जाँदिनं’, उनको भनाइ थियो।

२०२८ सालदेखि राजनीतिमा जोडिएका प्रचण्ड २०४६ को जनआन्दोलनअघि तत्कालीन नेकपा मशालको महामन्त्री भएका थिए। त्यसपछि उनी आबद्ध पार्टीको नामहरू फेरिएर नेकपा (एकता केन्द्र), नेकपा (माओवादी), एकीकृत नेकपा (माओवादी), नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र पुनः नेकपा (माओवादी केन्द्र) बन्यो तर उनको नेतृत्व यथावत् रह्यो। दुई पटक त प्रधानमन्त्री पनि बने। यसरी पार्टी सत्तामा एकछत्र राज गरेका र राज्य सत्तामा पनि प्रभावशाली भूमिकामा रहेका उनले बल्ल आफ्नो बहिर्गमनको संकेत गर्न थालेका छन्। यद्यपि, बेलाबखत उनैले दश वर्ष जनयुद्धको र दश वर्ष संविधान निर्माणको नेतृत्व गरिसकेकाले अब दश वर्ष विकास र समृद्धिको नेतृत्व गर्ने भन्ने गरेकाले उनको बहिर्गमनप्रति ढुक्क हुने स्थिति भने छैन।

प्रचण्ड मात्रै होइन, नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनालले पनि गत भदौ ५ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै यो निर्वाचन आफ्नो लागि अन्तिम हुने बताएका थिए। अन्य कतिपय वृद्ध नेताहरुले पनि आफ्नो लागि यो निर्वाचन नै अन्तिम भएको आशय व्यक्त गर्दै मत मागेको समाचार आउने गरेका छन्। नेपाली राजनीतिका प्रभावशाली नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड, माधव नेपाल, खनाल, रामचन्द्र पौडेल, चित्रबहादुर केसी, महन्थ ठाकुर जस्ता कैयौँ वृद्ध नेताहरुको यो निर्वाचन नै अन्तिम प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। उमेर र स्वास्थ्यका कारणले त्यस्तो अपेक्षा अस्वाभाविक होइन।

यो पनि पढ्नुहोस

तीन दशकदेखि सीमित नेताको कब्जामा राजनीति

'पिच बाटोमा डोजर'
उमेरले ७० हाराहारी पुगेका यी कैयौँ नेताहरुले २०४६ पछि राज्यसत्ता वा पार्टी सत्ता (वा दुवै) मा प्रभावशाली बनेका थिए र कतिपय सन्दर्भमा राजनीतिलाई कब्जा गर्न सफल भएका थिए। जस्तो, देउवा पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापति भइसके। ओली पनि दुई पटक प्रधानमन्त्री भइसके। विगत आठ वर्षयता पार्टीको अध्यक्ष छन्। नेपाल र खनालले पनि पार्टीको नेतृत्व गर्ने र प्रधानमन्त्री बन्ने अवसर पाएका थिए। नेपाल अहिले पनि एकीकृत समाजवादीका अध्यक्ष छन्। अन्य नेताहरु पनि अवसर र प्रभावको दृष्टिले उच्च स्थानमै रहे, रहिरहेका छन्।

लोकतन्त्र भनेको आफ्नो समस्या आफैं समाधान गर्ने व्यवस्था भएको तर नेताहरुले त्यस किसिमको लोकतान्त्रिक परिवेशलाई बन्धक बनाएर व्यक्तिबाट समाधान खोज्ने गरेकाले सीमित नेताको 'कब्जा' सम्भव भएको बताउँछन्, राजनीतिक विश्लेषक मुमाराम खनाल। व्यक्तिबाट होइन, संस्थागत विकासबाट समस्याको समाधान नखोज्ने हो त्यस्तै नै हुने उनको बुझाइ छ। 

nimb
nimb

शंकाका पर्याप्त आधार छन्, तर घोषणा/अपेक्षा गरिएजस्तै अर्को निर्वाचनमा उल्लेखित नेताहरु प्रतिस्पर्धामा नउत्रिने निश्चित हो भने अबको पाँच वर्ष नेपाली राजनीतिमा संक्रमणकालीन समय हो भन्न सकिन्छ। साथै, उनीहरुले छाडेको मुलुकको अवस्था र अबका सम्भावनाहरुमाथि बहस हुने समय पनि हो यो ।

पहिलो पुस्ताका नेताहरुले मुलुकलाई लोकतान्त्रिक परिवेशमा ल्याएर छोडेर राम्रो गरेको खनालको भनाइ छ। त्यसबाहेक अन्य विषयमा भने मुलुकलाई आशावादी हुने ठाउँमा नपुर्यााएको उनी बताउँछन्। 'डेलिभरी र सुशासनको हिसाबले, लोकतान्त्रिक संस्थाहरुको विकासको हिसाबले, नागरिकका विश्वासका हिसाबले, कुनै पनि हिसाबले आशावादी हुने ठाउँमा छाडेनन्', उनी भन्छन्।

नेताहरुले मुलुकमा लोकतान्त्रिक व्यवस्थाको ट्र्याक खोलेको तर पुनः भत्काएको उनको भनाइ छ। उनी भन्छन्, 'ट्र्याक खोलेपछि पिच गर्ने काम पनि कुनै न कुनै रुपमा भयो। बाटो पिच भयो कार चल्नुपर्ने हो नि। तर उनीहरुले डोजर नै चलाए। र पिच भएको बाटो पनि भत्काएर धुलाम्मे बनाए।'

यो पनि पढ्नुहोस

पार्टी ‘कब्जा’ गरेर बसेका नेता : नेतृत्व विकासमा अवरोध, पार्टी पनि कमजोर बन्दै

'नयाँ पुस्ता सक्षम छ'
कैयौँ अपूर्ण र अप्रष्ट प्रावधानका बाबजुद पनि मुलुकसँग लोकतान्त्रिक संविधान उपलब्ध छ। त्यही संविधानको मार्गदर्शनका साथ अगाडि बढ्न सकिन्छ भन्ने विश्वास गर्ने ठूलो जमात छ। र, मुलुकको केही वर्ष/दशकका लक्ष्य पनि धेरै वृत्तबाट परिभाषित पनि छ। त्यसो भए नयाँ पुस्ताले मुलुकको भार थाम्न र त्यो लक्ष्यसम्मुख पुर्या उन सक्छ त? नेपाली कांग्रेसका महामन्त्री गगन थापा, जो लामो समयदेखि पुस्तान्तरणको विषय उठाइरहेका छन्, पहिलो पुस्ताका नेताहरुको भूमिका र आफ्नो पुस्ताका नेताहरुको दायित्वलाई जोड्दै भन्छन्- हाम्रो पुस्ता सक्षम छ। तर, एउटा समयपछि हामीले पनि नयाँ पुस्तालाई जिम्मेवारी सुम्पनुपर्छ।

'अहिले हामीकहाँ रहनुभएका पहिलो पुस्ताका नेताहरुको राजनीतिक चेतना, अनुभव, योगदान, संघर्ष जस्ता विषयहरु लोकतन्त्र, जनअधिकार, सामाजिक न्यायसँग जोडिएको छ। त्यसका लागि उहाँहरु प्रशिक्षित पनि हुनुहुन्छ र ती विषयलाई स्थापित गर्ने प्रयत्न पनि गरिरहनुभएको छ। त्यसकारण मुलुक यस ठाउँमा आइपुगेको छ', नेपाल लाइभसँग कुरा गर्दै थापाले भने, 'लोकतान्त्रिक अधिकारलाई नै प्रयोग गर्दै र संरक्षण गर्दै अब नेपाललाई अति कम विकसित देशबाट तीव्र गतिमा समुन्नतिको एउटा चरणसम्म पुर्याणउने, ८/१० वर्ष भित्रमा अति कम विकसित देशबाट मध्यम आय भएको देशसम्म पुर्‍याउने काम हाम्रो पुस्ताले गर्न सक्छ।'

थापाले आफ्नो पुस्ता लोकतान्त्रिक आन्दोलनसँग प्रशिक्षित भएकाले त्यसलाई जोगाउन प्रतिबद्ध रहेको बताए। आम मान्छेको चासोको विषयलाई सम्बोधन गर्नेदेखि मुलुकलाई समुन्नतिको एउटा चरणसम्म पुर्याआउने कुरामा पनि आफ्नो पुस्ता प्रशिक्षित रहेको उनले बताए। ‍नेपाल त्यहाँसम्म पुगेपछि त्यसपछिको चाहनालाई भने आफूहरुले प्रतिनिधित्व गर्न नसक्ने उनले स्वीकारे।

'पहिलो पुस्ताका नेताहरुले विश्राम लिने वा व्यवस्थापकीय भूमिका मात्रै निर्वाह गर्ने र कार्यकारिणी भूमिका हाम्रो पुस्ताको हुने हो भने आगामी ८/१० वर्ष हाम्रो पुस्ताका नेताहरुबीच प्रतिस्पर्धा हुन्छ। सहकार्य पनि हुन्छ', उनी भन्छन्, 'त्यसपछि हामीभन्दा पनि नयाँ पुस्ताका मानिसलाई हस्तान्तरण गर्नुपर्छ।'

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्