• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सीमा क्षेत्रका तीन सभाको संकेत : एमालेले ‘राष्ट्रियता’ लाई बनाउँदै छ ‘चुनावी हतियार’

64x64
ईश्वर बराल शनिबार, कात्तिक १९, २०७९  ०७:१३
1140x725
दार्चुला सदरमुकाम खलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं– ‘दार्चुलाबाटै, सुदूरपश्चिमबाटै हामीले अभियान किन सुरु गर्यौँ? दार्चुलाबाटै किन सुरु गर्दैछौं। म दुई वटा कुरा गर्छुः राष्ट्रियताको प्रश्न र विकासको प्रश्नमा विशेष रुपमा जोड दिन चाहन्छु,’ दार्चुलाको सदरमुकाम खलङ्गामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च पनि कसैलाई छोड्नेवाला छैन। एक इन्च जमिन पनि मिचिन दिनेवाला छैन। मिचिएको भए फिर्ता ल्याउँछौँ भनेर हामीले नक्सा जारी गरेका छौं र संसद्‌बाट पास गरेका छौं।’

नेपाल-भारतको सीमाना छुट्याउने महाकाली नदी किनारको जिल्ला दार्चुलालाई एमालेले पहिलो चुनावी सभास्थल छनौट गर्नु र त्यहाँ पुगेर एमालेका ‘स्टार क्याम्पेनर’ अध्यक्ष ओलीले भारत लक्षित जस्ता अभिव्यक्ति दिनु, त्यसले आगामी निर्वाचनमा एमालेले राष्ट्रियतालाई प्रमुख ‘चुनावी हतियार’ बनाउने योजना बनाएको स्पष्ट हुन्छ।

शुक्रबार दार्चुलाबाट सुरु गरेर एकै दिन तीन स्थानमा चुनावी सभालाई सम्बोधन गरेका अध्यक्ष ओलीले राष्ट्रियताको विषयलाई पटकपटक भाषणको विषय बनाए। त्यसका लागि उनले रणनीतिक ठाउँहरु, महाकाली नदीको जल प्रवाहले छुने तीन जिल्ला दार्चुला, बैतडी र कञ्चनपुर रोजेका थिए। 

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई इंगित गर्दै आफू पूर्व मेची किनारको मान्छेले सुदूरपश्चिमको लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेको, तर सोही क्षेत्रका देउवाले नदेखेको आरोप लगाए।

‘म मेची किनारको मान्छेले लिम्पियाधुरा, लिपुलेक, कालापानी देखेँ। शेरबहादुर देउवा पाँचचोटि प्रधानमन्त्री हुँदा देख्नु भएन’, कञ्चनपुरमा ओलीले भने, ‘नाकाबन्दी भएर चुलो बन्द भएको बेला नाकाबन्दी भन्न नसक्नेले अहिले फुर्तीफार्ती गर्ने। हामीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको गुमेको भू-भाग समेटेर नक्सा बनायौँ। संविधान संशोधन गर्‍यौँ। संविधानमा राख्यौं र भारतसँग पत्रचार गर्‍यौँ, हाम्रो भूभाग फिर्ता गर भनेर। उहाँहरुले गुमेको हाम्रो भूमि लानुभएको छ, फिर्ता गर्नुहोस् भनेर भन्न सक्नुहुन्छ कि हुन्न? उहाँहरुबाट पार लाग्दैन। उताकासँग भेट हुने बित्तिकै यिनको पुच्छर हल्लिहाल्छ (हात हल्लाउँदै) लख्र्याक लुख्रुक।’

UML_Sava_Darchula1667611602.jpg
दार्चुलामा आयोजित एमालेको चुनावी सभा, तस्बिर: केपी शर्मा ओलीको सचिवालय

ओलीले दार्चुला र बैतडीको चुनावी सभामा महाकाली नदीमा अब पक्की पुल बन्ने र त्यसका लागि आफूले प्रधानमन्त्री हुँदा भारतीय समकक्षी नरेन्द्र मोदी र उत्तराखण्डका मुख्यमन्त्री र प्रदेशका गर्भनरलाई आग्रह गरेको, तर वर्तमान सरकारले चासो नदेखाएकोले अघि नबढेकोले बताउँदै अब एमाले र आफू नेतृत्वकै सरकार चाहिने हुँदा जिताउन पनि अपिल गरे।

‘मैले भारतका नेताहरुलाई भेटघाट हुँदा भन्ने गरेको छु। प्रधानमन्त्रीको हैसियतमा दिल्ली जाँदा र उत्तराखण्ड जाँदा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई भेटेर महाकाली नदीमा अब झोलुंगे पुल बनाउन होस्। तुइनले काम कट्दैन, यसका लागि स्थानीय तहमा छलफल गर्नुहोस् भनेँ। अहिले के भइरहेको छ अत्तोपत्तो छैन’, ओलीले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु, चुनावपछि दार्चुला र धारचुला जोड्ने पक्की पुल बन्छ। दिल्ली र उत्तराखण्डले पुल बनाउन स्वकृति दिइसकेका छन्।’

यस्तै ओलीले भारतलाई नदी सर्दैमा सीमाना नसर्ने हुँदा सीमाना नसार्न र विशाल भारतले ठूलो चित्त गर्न पनि आग्रह गरे। ‘म भारतलाई अहिले पनि भन्छु, नदी वरतिर सर्योश भने सीमा वरतिर सर्ने होइन। पहिले नदी भएको ठाउँमा भारतले बाँध लाउने होइन, ठूलो भारतको सानो चित्त हुनु हुँदैन। ठूलो भारतले सानो चित्त गर्ने होइन, खोलो उत्ता सर्योठ कि सीमाना सरी हाल्ने। यति विशाल भारत छ, यत्ति (थोरै) सीमाना सार्छ, यो सुहाउँदैन’, ओलीले भने, ‘नेपाली जनताले यस्तो कुरालाई थिचोमिचोको रुपमा बुझ्छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्ष ओलीको पहिलो दिनको ३ वटा सभा सम्बोधनको हाउभाउ, स्थान छनोट, साथसाथै प्रस्तुति  र मंगलबार काठमाडौंमा जारी गरेको घोषणपत्रमा उल्लेख्य रुपमा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साको विषयले मूलत: एमाले र अध्यक्ष ओलीले आफूलाई ‘राष्ट्रवादी शक्ति’को रुपमा परिचित गराउन चाहेको देखिन्छ।

घोषणापत्रमा ओली नेतृत्वको सरकारका पालामा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ प्रशासनिक–राजनीतिक नक्सा प्रकाशित गरिनुका साथै नेपालको संविधानको अनुसूची ३ संशोधन गरी निशान छापमा समावेश गरिएको विषयलाई एमालेले प्राथमिकतामा साथ दोहोर्या३एको छ। ओली प्रधानमन्त्री भएकै बेलामा २०७७ मा नयाँ नक्सा सार्वजनिक गरिएको थियो र संविधानमा रहेको निशान छापलाई संविधान संशोधनमार्फत् अद्यावधिक गरिएको थियो।

KP_Oli_Speech1667611439.jpg
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओली

उसले अघि सारेको ‘सुशासन, विकास, समृद्धि र समानताका लागि  ५ वर्षे नीति तथा प्राथमिकता’ मा पनि राष्ट्रियतालाई जोड दिएको छ। ‘हाम्रो मूल मन्त्रः बलियो राष्ट्रियता र सदृढ लोकतन्त्र’ भन्ने नारालाई एमालेले जोड दिएको छ। ‘नेकपा एमाले राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताप्रति सचेत छ, प्रतिबद्ध छ र संवेदनशील छ। यसले न्याय, समानता, सद्भाव, समृद्धि र गौरवका माध्यमबाट राष्ट्रिय एकतालाई सदृढ र मजबुत बनाउनेछ। मैत्रीभाव, सक्रियता र एकतालाई नेपालको राष्ट्रिय नीति र समाजको मूल चरित्रका रूपमा विकास गर्नेछ’, एमालेले घोषणापत्रमा भनेको छ।
 
एमालेले यसअघि आफ्ना सरकारले गरेका राष्ट्रियताका कुरालाई पनि घोषणापत्रमा उल्लेख गरेको छ। २०५१ सालको ९ महिने सरकारका पालामा भारतसँग १९५० को असमान सन्धि पुनरावलोकनका लागि औपचारिक प्रस्ताव अघि बढाएको घोषणापत्रमा उल्लेख गरिएको छ।

ओलीले घोषणापत्र सार्वजनिक कार्यक्रमको बहसमा पनि सूर्यमा भोट हाल्ने कारणमा राष्ट्रियताको विषयलाई उल्लेख गरेका थिए। उनले  भनेका थिए, ‘दासता अस्वीकार गरेको, राष्ट्रका लागि बलिदान गर्न तयार, पराधिन हुन कहिल्यै तयार नभएको, मुलुकको स्वाधीनता र स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता कायम राख्न, राष्ट्रिय हित कायम राख्न पनि सूर्यमा भोट हाल्नुपर्छ।’

Xtrem

Xtrem

शुक्रबार भारतसँग सीमा जोडिएका क्षेत्रमा पुगेर तिनै विषयलाई दोहोर्याएका हुन्।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ०७:१३
  • #चुनाव_२०७९
  • #नेकपा_एमाले
  • #राष्ट्रियता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्