• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

आइसिटी ल्याबः गुमनाम ‘ई–भिलेज’ पुनरुत्थानमा सहयोगी

64x64
रासस आइतबार, कात्तिक १३, २०७९  ०८:४४
1140x725

काभ्रेपलाञ्चोक– मण्डनदेउपुर नगरपालिकामा विद्यालय पुनःनिर्माणसँगै आइसिटी (सूचना–सञ्चार तथा प्रविधि ल्याब) प्रयोगशाला व्यवस्थापन गरियो। यहाँका माध्यमिक र उच्च माविमा नौ वर्षअघि आधुनिकतासँगै विश्वबजार प्रविधिमा रुमलिँदै गरेका बेला काभ्रेपलाञ्चोकको ‘चार मण्डन–तीन देउपुर’ भनिने मण्डनदेउपुर नगर सूचना–प्रविधि उपयोग गर्ने दौरानमा थियो। तर विसं २०७२ को भूकम्पले उक्त प्रविधि उपयोगको दौरान ठप्पप्रायः बनाइदियो। 

तत्कालीन मण्डनका चार र देउपुरका तीन गाविसमा स्थानीय शैक्षिक नमुना ग्रामीण विकास केन्द्रद्वारा शिक्षा, स्वास्थ्य र कृषिमा आधुनिकतासँगै ‘ई–भिलेज’ नामाकरण गरी प्रविधियुक्त गाउँ बनाउन थालिएको थियो। भूकम्पपश्चात पुनःनिर्माण भएका नगरका १३ मावि तथा उच्च माविमा आइसिटी ल्याब व्यवस्थापन गरिएको छ भने अन्यमा व्यवस्थापनको तयारी भइरहेको छ। नगरमा ५३ प्रावि, निम्न मावि, मावि र उच्च मावि छन्। 

नगरका अन्य तहका विद्यालयमा आन्तरिक तथा संस्थागत सहयोगबाट सूचना–प्रविधिका काम पनि भइरहेका पाइन्छन्। ‘आइसिटी ल्याबले ई–भिलेजको अवधारणालाई सहयोग गरेको छ, भूकम्पपछि गुमनाम भएको ई–भिलेज पुनरुत्थानमा सहयोगी बनेको छ’, महाकाली उच्च माध्यमिक विद्यालयका प्राचार्य शिव पौडेलले भने। विद्यालयमा स्थापित आइसिटी ल्याबमा पाठ्यक्रम अध्यापनसँगै ई–भिलेजको अवधारणालाई सँगसँगै लगिएको उनको भनाइ छ। 

तत्कालीन अवस्थामा काभ्रेमा करिब एक सय विद्यालयमा आइसिटी ल्याब व्यवस्थापनको तयारी भएअनुसार ९२ विद्यालयमा भइसकेको र बाँकी रहेका केही विद्यालयमा व्यवस्थापनको काम भइरहेका छन्। विद्यार्थीको सङ्ख्याअनुसार एक विद्यालयमा १८ देखि २४ सम्म कम्प्युटर राखेर आइसिटी ल्याब व्यवस्थापन गरिएको हो। 

ई–भिलेजका अवधारणाले मूर्तरूप लिँदै गर्दा विनाशकारी भूकम्पले स्थानीय अभियन्ताको सपना चकनाचुर बनाइदिएको थियो। जसकारण अवधारणालाई निरन्तरण दिन भौतिक पूर्वाधारले साथ दिएन। पुनःनिर्माणपछि प्रविधियुक्त गाउँ बनाउने अवधारणा उठाउने हिम्मत गर्दै केन्द्र आफैं जसोतसो चलायमान त बन्यो, तर निरन्तरता दिन भने सकेन। यद्यपि त्यतिबेला नै इन्टरनेट र यसको फाइदाबारे जानकार भइसकेका स्थानीय विद्यालय, स्वास्थ्य संस्था तथा व्यापारिक प्रतिष्ठानसँगै व्यक्तिका घरघरमासमेत इन्टरनेटको पुहँच भने पुगिसकेको छ।
 
भूकम्पले थलाएको अवधारणालाई निरन्तरता दिन केन्द्रले एक विज्ञसहितको टोली बनाए पनि पुनः कोरोना महामारीले अवरोध पुर्‍यायो। हाल सोही कामको निरन्तरता दिन ‘सहयोगी हात’को खोजी भइरहेको केन्द्रका अध्यक्ष जनार्दन नेपालले बताए। ‘प्रविधियुक्त गाउँ बनाउने अवधारण मरिसकेको छैन, पुनः ब्यूँताउन सहयोगीको खोजी गर्दैछौं’, उनले भने।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख प्रशासनिक सल्लाहकार एवं नेपाल सरकारका पूर्वसचिव रहेका नेपाल हाल मण्डनदेउपुर क्षेत्रका प्राथमिक विद्यालयका लागि थप कम्प्युटर व्यवस्थापनको प्रक्रियामा छन्। तत्कालीन समयमा ‘ई–भिलेज’ नाम दिइएको उक्त क्षेत्रमा मण्डनका जैसिथोक, महादेवस्थान, चण्डेनी र ज्याम्दी तथा देउपुरका नयाँगाउँ, गैरीबिसौना र बालुवापाटी बस्ती हुन्।

जिल्लाको उत्तरपूर्वी यस क्षेत्रलाई ई–भिलेजका रूपमा विकसित गर्न विसं २०६९ मा मण्डनक्षेत्र गाउँ शिक्षा समन्वय समितिसँगको सहकार्यमा केन्द्रले यससम्बन्धी कार्ययोजना अवधारणा अघि सारेको थियो। 

ई–भिलेजमा ई–एजुकेशनसँगै ई–मेडिसिन र ई–एग्रिकल्चरको अवधारणालाई पनि क्रमैसँग लागू गर्ने कार्यक्रम बनाइयो। ई–भिलेजका अत्यावश्यक क्षेत्र मानिएको यहाँका विद्यालयमा ई–एजुकेशनका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरी सामग्री तयार पार्न त्यतिबेला सूचना प्रविधि उच्चस्तरीय आयोगले सूचना प्रविधिको अधिकतम प्रयोग गरी ई–भिलेज बनाउन सर्वेक्षणसमेत गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

भूकम्पताका सबै गाउँमा ई–एजुकेशनका काम यस क्षेत्रका सबै ५३ विद्यालयमा भइरहेको थियो। ई–मेडिसिनका लागि सदरमुकामस्थित धुलिखेल सामुदायिक अस्पतालले स्थानीय स्वास्थ्यचौकीको समन्वयमा टेलिमेडिसिन तथा ई–एग्रीकल्चरका लागि सातै गाउँमा (तत्कालीन सात गाविसमा) कृषि सूचना केन्द्र स्थापना गरिएको थियो।

ई–एग्रीकल्चरका लागि भने स्थानीय उत्पादन तथा बजारबारे स्थानीय बासिन्दालाई गाउँमै जानकारी गराउन साझा वेबसाइट निर्माण गर्ने योजना बनाइएको केन्द्रका संस्थापक अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए। ई–भिलेजको ई–एजुकेशन ई–मेडिसिन र ई–एग्रिकल्चर कार्यक्रम सञ्चालानका लागि वायरलेस कनेक्टिभिटी इन्टरनेटको व्यवस्था गरिएको थियो।

विद्यालयमा इन्टरनेट सञ्जाल विस्तार गर्न अप्टिकल फाइबर बिछ्याउन सर्भेसमेत गरिएको थियो। यी सबै काम भूकम्पले रोकिदिएको थियो। ई–मेडिसिनका लागि सात गाविसका सातवटै स्वास्थ्य केन्द्रमा ल्यापटप व्यवस्था गरिएको थियो। प्रविधिका सामग्रीका लागि एक्सन एड नामक संस्थाले सहयोग गरेको थियो। 

वायरलेस प्रविधि प्रयोग गरी तत्कालीन सातै गाविसबीच आन्तरिक नेटवर्क बनाउन प्रविधिविज्ञ महावीर पुनले सहयोग गरेका थिए। सापकोटाका अनुसार ई–भिलेज कार्यक्रममा स्थानीय विद्यार्थी प्रविधि जानकार हुने तथा यहाँका बासिन्दाले ई–बुलेटिनमार्फत विश्वको सूचना सजिलै पाउनुका साथै स्वास्थ्य र कृषि उत्पादन–बजारबारे समेत जानकारी लिनसक्ने उद्देश्य थियो।

Xtrem

Xtrem

त्यसबेलै केन्द्र र उपकेन्द्रबाहेकका विद्यालयलयले भने लेखा तथा प्रशासनिक काम कम्प्युटरबाट गर्न सकेका थिए। त्यतिबेलादेखि नै माविले कम्प्युटर विज्ञानका कक्षा चलाउँदै आएका हुन्। साथै महाकाली उच्च माविमा पुस्तकालय (ई–लाइब्रेरी) सञ्चालन गरी कम्प्युटर कक्षा तथा खाली समयमा विद्यार्थी कम्प्युटरबाट विभिन्न किताब पढ्ने नयाँ पाठ्यक्रमको खोजी गर्दथे। 

विसं २०७२ वैशाखको भूकम्पले ई–भिलेजको ५३ विद्यालयमध्ये ४६ क्षतिग्रस्त बनाउँदा भवनबाहेक एक सय ९५ कम्प्युटर, ११ प्रोजेक्टर, ११ डिस्प्ले बोर्ड, २२ युपिएस, १८ वटा साइन्स ल्याब, ४७ पुस्तकालय, ३५ शौचालय, तीन हजार दुई सय डेक्सबेञ्च, पाँच सय कुर्सी र दुई सय ५० टेबुल क्षतिग्रस्त बनाएको थियो।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  ०८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने हाललाई ट्र्याक निर्माणको काम रोकेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनाएक... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान बुधबार, असोज ७, २०८३
पोखराबाट अब सिधै दुबई : फ्लाई दुबईको पहिलो नियमित उडान अवतरण बुधबार, असोज ७, २०८३
न्याय सेवा आयोगद्वारा जिल्ला न्यायाधीश पदका लागि दरखास्त आह्वान बुधबार, असोज ७, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक बुधबार, असोज ७, २०८३
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्