काठमाडौं– काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुला भएको छ।
दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खोलिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ। दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।
भाइटीकाको दिन बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ। दर्शनार्थीले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।