• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १५, २०८२ Mon, Dec 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

तिहारका बेला ‘भोको पेट’ अन्धकारमा रात विताउन बाध्य छन् कञ्चनपुरका सुकुम्बासी

64x64
रासस सोमबार, कात्तिक ७, २०७९  १३:२०
1140x725
फाइल तस्बिर

महेन्द्रनगर– पूर्व पश्चिम राजमार्गस्थित वनहरा नदी किनारमा लस्करै बनेका कच्ची छाप्राहरु। अधिकांश छाप्रामा प्लाष्टिकका छाना छन्। छानालाई हावाहुरीबाट जोगाउन माथिबाट काठका मुढाले च्यापेर राखिएको छ। केही घरका भित्ता माटोले पोतिएका छन् भने कुनैलाई पुराना फाटेका लुगाले बेरिएको छ। 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदीस्थित राजमार्ग छेउमै रहेको सुकुम्बासी बस्तीमा २०५२ सालदेखि अस्थायीरुपमा ३० परिवार बस्दै आएका छन्। 

तिहार सुरु भएसँगै सहरदेखि गाउँसम्म झिलीमिली छ। सबैतिर उल्लास छाएको छ, तर वनहराका बाढीपीडित भने अन्धकारमा पालमुनि रात बिताइरहेका छन्। गत असोजमा आएको बाढीले घरमा क्षति गरेपछि अहिलेसम्म घर पुनःनिर्माण गर्न सकेका छैनन्। दातृ निकायबाट प्राप्त भएको पालमुनि दिन बिताइरहेका छन्। 

‘चाडपर्व मनाउनेभन्दा पनि साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्ता हुन्छ,’ स्थानीय माखी राउतले भनिन्, ‘बाढीले क्षति गरेको घरटहरा अहिलेसम्म बनाउन सकिएको छैन।’ २०६२ सालमा पहिरोले घरखेत बगाएपछि बाजुराको बाह्रबिसबाट विस्थापित भएर कञ्चनपुर बसाई सरेर कञ्चनपुर आएर पनि बाढीकै दुःख झेल्नु परेको उनको गुनासो छ। 

‘ठाउँ फेरिए पनि के गर्नु यहाँ पनि बाढी कै पीडा छ,’ उनले भनिन्, ‘जङ्गलको छेउमा जङ्गली जनावरको डर उस्तै छ। सरकारले हाम्रो व्यवस्था कहिले गरिदेला?’

Ncell 2
Ncell 2

३० परिवार रहेको यो बस्तीमा अधिकांश बाढी तथा पहिरो विस्थापित र सरकारबाट जग्गा नपाएका मुक्तहलिया तथा सुकुम्बासी परिवार छन्। जसमा झण्डै २१ स्कुले बालबालिका छन्। बाढीले घरमा रहेको अन्न, लत्ताकपडासँगै कापी, किताब बगाएपछि यहाँका बालबालिकाको पढाइमा समस्या भएको स्थानीय लक्ष्मी सुनारले बताइन्।

‘दिनभर मजदुरी गरेर साँझ, बिहानको छाक टार्न ठिक्क हुन्छ,’ उनले भनिन्, ‘लत्ताकपडा र छोराछोरीको लागि किताब कसरी किन्ने पिरलो छ।’ दैनिक मजदूरी गरेर जीविका चलाइरहेका बेला बाढी नोक्सानी गरेपछि समस्यामा परिएको उनले बताइन्। 

स्थानीय कमलापति दमाईं भने आफूहरुको जीवन रक्षाका लागि सरकारले सुरक्षित बासस्थानको व्यवस्था गरिदिनुपर्ने बताउँछन्। एकातर्फ वनहरा नदी त अर्कोतर्फ सामुदायिक वनबाट आउने नालाको कटान। त्यसमा अन्नबाली भित्र्याउने बेला भएसँगै भारतबाट भित्रिने जङ्गली हात्तीको त्रासले यहाँ बस्नै नसकिने अवस्था रहेको उनले बताए।

‘सरकारले हाम्रो लागि सुरक्षित घरबासको व्यवस्था गरिदिएको भए मजदुरी गरेर पनि हामी परिवारको जोहो गरिहाल्थ्यौँ,’ उनले भने, ‘सुकुम्बासीका नाममा नक्कली सुकुम्बासीले जग्गा पाएका छन हामीले पाएनौँ।’ सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि भूमि आयोगमार्फत् काम अगाडि बढाए पनि जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरणमा पनि ध्यान जान जरुरी छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ आज बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित अन्तरक्रियामा उनले जेन जेड आन्दोलनपछि बनेको अन्तरिम सरकारको मूल दायित्व तत्काल... सोमबार, मंसिर १५, २०८२
बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि अस्पतालका अनुसार उनको आज मध्याह्न १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसअघि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पु... सोमबार, मंसिर १५, २०८२
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर अहिले आयोगको केन्द्रीय कार्यालय र ७७ वटै जिल्लामा गरी साढे ३ सय भन्दा बढी पदाधिकारी तथा सदस्य एवं ११ सय भन्दा धेरै कर्मचारी कार्यरत... सोमबार, मंसिर १५, २०८२
ताजा समाचारसबै
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ सोमबार, मंसिर १५, २०८२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, मंसिर १५, २०८२
बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि सोमबार, मंसिर १५, २०८२
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर सोमबार, मंसिर १५, २०८२
यू-१९ प्रिमियर कप : यूएईसँग पराजित हुँदै नेपाली यू–१९ टोली उपविजेतामा सीमित सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्